आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.6k Shares

काठमाडौं, १२ असार । स्याङ्जा, वालिङ नगरपालिका-१३ बोडिभन्ज्याङ बस्ने ५१ वर्षीया कल्पना आलेको घरमा विद्युत सर्ट भई बुधबार साँझ आगलागी हुँदा करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरी, एकडारा गाउँपालिका-१ बस्ने राज बिहारी मण्डलको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-२ बस्ने देवनारायण साहले सञ्चालन गरेको कोईला डिपोमा कोईला अनलोड गर्ने क्रममा ना.६ ख ७०४५ नम्बरको ट्रकमा बुधबार राति आगलागी हुँदा ट्रको अगाडीको भाग जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार