नेपालकाे लागी संघीयता गुप्त खाेला जस्तै भयाे !

13k Shares

- डी.बी. नेपाली
उसाे त मानव सभ्यताकाे विकाससंगै मनुश्य समाजकाे विकास ,अनुसंधानमा र शाेध खाेजमा यति ब्यस्त भयाे कि जतिजति उ अगाडी बढ्दै गयाे,जतिजति उसले उन्नति गर्दै गयाे मानवीयतालाई बिर्सिदै गएकाे देखिन्छ ।    प्रकृतिले दिएकाे अनुपम उपहार, मनुश्य, जमिन, आकाश र पानीलाई उसले टुक्राटुक्रामा बिभाजन गरेर, जमिन र पानीलाई सिमारेखा भित्र बन्धक बनाएर राष्ट्रकाे नाममा टुक्रा पार्याे भने ,मनुश्य स्वयंलाई एरिया, जात र धर्मकाे आधारमा टुक्राटुक्रा पारेर तेराे र मेराेकाे द्वन्दकाे जालाेमा कहिलै नउम्किने गरी फंसाएर रमाउने गरेकाे छ । समाज बिकासकाे जुनकाल हाेस, चाहृे त्याे राम, राज्यकाे काल तेत्रा युग हाेस,चाहे त्याे महाभारत काल द्वापर  युग हाेस या वर्तमान काल कलियुग हाेस, इतिहासमा प्रसंसा र बिराेधमा जे जस्ताे काेरिए पनि त्यसकाे स्वरुप र उद्देश्यमा भने गहिरिएर अध्ययन गर्ने हाे भने "ढाक के तिन पात" भने जस्तै  सम्पत्ति र साखकाे लडाइ बाहेक अरु केही पनि देखिन्न ।  मनुश्य नै मनुश्यकाे दुश्मन छ । आफु जस्तै अर्काे मनुश्यकाे बसाेबास खाेस्न लड्दै आएकाे छ, अर्काकाे जाति र धर्म खाेस्न लड्दै आएकाे छ । आफुलाई अरुभन्दा धेरै शक्तिशाली र बिद्वान कहलिन संसारलाई क्षण मै ध्वस्त पार्ने आनविक र रसायनिक हथियारकाे आविष्कार र निर्माण गरेर वहसी दरिन्दा बन्दै गएकाेमा गर्व गर्छ अनि भन्छ आफुलाई लाजै न मानेर इन्शान ? याे ब्रह्माण्डमा भएका ८४ लाख प्राणीहरुमा मनुश्यकाे दुश्मन अरु कुनै प्राणी भएकाे अहिलेसम्म कतै देखिन्न तर मनुश्य स्वयं नै मनुश्य र मानवीयताकाे दुश्मन उहिलै देखि हुँदै आएका,हुँदै गरेका र भविष्यमा पनि हुँदै गर्ने द्वन्दहरुले छर्लङ्ग पार्दा पार्दै पनि बुद्धिमान मनुश्य  किन अनभिज्ञ बनेर पृथ्वी र मनुश्यकाे आयु घटाउन लागि परेकाे छ यसबारे साेच्ने र छलफल गर्ने अनि त्यसकाे उपाचार गर्ने तिर पनि लाग्ने हाे कि ?

संसारलाई र मानव जातिलाई ध्वंस गर्ने हथियारका कारखाना खाेलेर ब्यापार गर्ने , अनि राष्ट्र राष्ट्रलाई द्वन्दमा धकेलेर युद्धबिरामकाे नाैटंकी गर्ने हथियार बनाउने सम्पूर्ण उद्याेगहरु बन्द नगरेसम्म  याे विश्वमा शान्तिकाे कामना मृग मरिचिका जस्तै हाे । आज शक्ति र उन्नति तथा सहयाेगकाे नाममा हथियारकाे ब्यापार विश्व ध्वस्त हुन सक्ने अवस्थामा पुगीसकेकाे छ । रसिया र युक्रेन जल्दै छ,इरान,इजराइल जल्दै छ । गाजाकाे पेलिस्टाइनकाे अवस्था त्यस्तै छ । श्रीलंका,पाकिस्तान,बंगलादेश,कश्मिरमा पनि मानवीयता मास्ने बारुदी खेलहरु चले कै छन् । आजकाे अत्यन्त उन्नत अवस्थामा र अत्यन्त सभ्य अवस्थामा संसारलाई विकसित गरेकाे दाबी गर्नेहरु सबैभन्दा अग्र पंक्तिमा संसार ध्वस्त पार्ने कसरतमा लागेका छन् । हथियारले सके हथियार, त्यसले पनि मनुश्यमा ब‌ैमन्स्यता फैलाउन सकेन  भने जात धर्म र एरियाकाे बीस राेपेर कस्ताे प्रकारकाे उन्नत र अब्बल सुशासन र शुव्यवस्था भएकाे विश्व बनाउन खाेज्दै छन् । आज युद्ध र कलकारखानाले गर्दा वातावरण पुरै पाेलुटेड बनाएर वातावरण दिवस मनाउदै  चित्त बुझाउने प्रयास गरिदै छ ? आँखिरमा आजकाे उच्च शिक्षित र एआइ दिमाग युगमा पुगिसकेकाे मनुश्य  संसारलाई विध्वंसमा धकेलेर कति बुद्धिमान छ भनेर पनि साेच्नु पर्ने वेला आइपुगेकाे हाे कि ? अब संसार त यस्तै हाे *जसकाे लाठी उसैकाे भैसी " भन्ने कुरा उहिलेदेखि अहिलेसम्मकाे इतिहासले छर्लङ्ग पारेक‌‌ै छ । 

अब आफ्नै देश नैपालकाे कुरा गर्नु पर्दा श्री ५ पथ्वीनारायण शाह र उनका नातिसम्म गाेर्खा राज्यलाई विस्तार गर्दै बिशाल अखण्ड नेपाल बनाउने काम भयाे तर त्यस पछि राजाहरु कमजाेर हुँदा राणाहरुले १०४ बर्षसम्म निरंकुश शासन चलाए, जनताले पढन र बाेल्न पनि पाउने अधिकार थिएन राणाहरुमा पनि १०४ बर्षसम्म आपसी लडाइ र काण्डै काण्डमा गयाे । दाेस्राे विश्व युद्धमा हाेमिएकाे बृटिस इम्पायर इण्डियामा कमजाेर हुँद‌ै गयाे र उसकाे बिरुद्ध ठुलाठुला आन्दाेलन पनि भए आँखिर उसले इण्डिया छाेडेर जान बाध्य हुनु पर्याे साेही समय नेपालमा पनि राणा शासन बिरुद्ध आवाज उठ्न थाल्याे । भारतमा अध्यन गर्न गएका केही विद्यार्थी र स्वदेश भित्रै   सत्ता परिवर्तन गर्नु पर्छ याे दमन कति सहने भनेर लागि परेका नेताहरुले  लुकेर देश भित्र र बिदेशमा थुप्रै पार्टीहरु गठन गरे, जसमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायत अन्य थुप्रै पार्टी र संगठनहरु गठन भए र आँखिर २००७ सालमा राजतन्त्र सहीतकाे प्रजातन्त्र स्थापना गर्ने भनि दिल्लीमा सम्झाैता भयाे । ०७ देखि ०१५ सम्म कुनै पनि सरकार टिक्न सकेन पटकपटक अहिले कै जस्ताे खिचातानी चलि रह्याे ०१५ मा आम निर्वाचन भयाे र नेकाकाे सरकार बन्याे तर त्याे पनि चल्न सकेन ०१७ सालमा राजा महेन्द्रले कु गरेर सबै दल माथि प्रतिबन्ध लगायर नेताहरु जेलमा काेचेर एकदलिय व्यवस्था स्थापना गरेर पञ्चायति व्यस्था लागु गरे । बाेल्ने, लेख्ने संगठन खाेल्ने सबै अधिकार खाेसिए तर २०२८ सालमा राजा महेन्द्रकाे निधन र राजा बीरेन्द्रकाे राज्यभिषेक पछि नीति नियम उही भए पनि राजा बीरेन्द्र केही लिबरल देखिए । उनकाे यसै कमजाेरीकाे फाइदा उठाएर ०१७ साल पछि जेलनेल भाेगीरहेका नेताहरु पनि प्राय:जसाे २०२८ सालमा जेलबाट छुटे पछि फेरि संधर्ष चर्काउने र संगठन निर्माण गर्ने कार्यमा तीब्रता आयाे यसमा काठमाडा‌ैंमा अध्ययन गर्ने  सम्पूर्ण बिद्यार्थीहरुले सिक्किम विलयकाे बिराेधमा गरेकाे आन्दाेलन नेपालकाे राजतन्त्रकाे इतिहासमा पहिलाे बृहत बिशाल आन्दाेन थियाे त्याे आन्दाेलनले भूमिगत जीवन बिताउन बाध्य नेताहरुलाई पनि घच्घच्यायाेर संघर्षकाे मैदानमा उत्रिने आँट सिर्जना गर्याे ।

एकदलिय पञ्चायती व्यवस्था बिरुद्ध आवाज चर्किन थाले पछि ०३६ सालमा राजा बीरेन्द्र निर्दल  या बहुदल बारे जनमत संग्रह गराउन तयार भए तर   शासन सत्ता,साधन स्राेत लगायत सेना र प्रहरी उन्कै हातमा भएकाे कारण बहुदलकाे पक्षमा मत कम पर्याे र एकदलिय  पञ्यायती  शासन नै कायम रह्याे तर आन्दाेलन र संघर्ष राेकिएन ०४६सालमा पञ्चायती शासनका बिरुद्ध संघर्षमा हाेमिएका सबै दलहरुले आफ्नु विचार र सिद्धान्त थांति राखेर एक ढिक्का भएर बिशाल जनसमुहलाई   आन्दाेलित बनाएर सडकमा उतार्न सफल भए पछि राजतन्त्रलाई घुंढा टेकाउन सलफ भए राजा र आन्दाेलनकारी दलहरुमा राष्ट्रमा बहुदलिय व्यवस्था लागु गर्ने सहमति भयाे र नयाँ सम्बिधान लेख्ने तयारी भयाे र ०४७ मा संबैधानिक राजतन्त्र सहीतकाे अंतरिम संविधान लागु गरियाे र २०४८ मा आम निर्वाचन भयाे नेकाकाे सरकार बन्याे तर साथ साथै उही नेपाली बानी जनआन्दाेलनका कमाण्डरहरुकाे आपसमा जनआन्दाेलनकाे पगडी कसले गुथ्ने भन्ने कुरामा कुर्सी र खुट्टा तानातानकाे खेल शुरु भयाे । बहुमतकाे सरकार दुइ बर्ष पनि टिक्न सकेन उता जनआन्दाेलनकाे एउटा स्वयंलाई मुख्य शक्ति मान्ने माओवादी शिशु प्रजातन्त्र जाेगाउनुकाे साटाे तिनै जनआन्दाेलनका  शक्तिहरुकाे बिरुद्धमा कथित जनयुद्धकाे नाममा जंगल र बिकट गाँउमा पसेर लुट्ने र मान्छे मार्ने काममा दश बर्षसम्म लागि पर्याे । त्याे दश बर्षमा कुनै सामन्त, जनताकाे शाेषण गर्ने कुनै नेता या देशलाई लुट्ने ठुला ब्यापारीहरु कसैलाई छुन त पर‌ै जावस उनिहरुकाे बिरुद्ध बाेल्न समेत सकेकाे देखिन्न २०४६काे जनआन्दाेलनमा एकजुट भएर लागि परेका शक्तिहरुमा माओवादी एकातिर, काँग्रेस र एमाले आआफ्नै ढाेल बजाउनतिर र सानासाना दलहरु सत्ता र भत्ताकाे लाेभमा काँग्रेस र एमालेका पुच्छर भएर लाग्दा २०४६ काे जनआनदाेलनले सहजै देश हाँक्न दिएकाे अधिकार कुन‌ै पनि दलले बचाएर हुर्काउन सकेकाे देखिन्न २०५८ मा षडयन्त्र गरेर राजा बीरेन्द्रकाे वंश नाश हुने गरी दरवार हत्या काण्ड गराए पछि जनता आक्राेशित भए र राजसंस्थाकाे परम्परा अनुसार  राजा ज्ञानेन्द्रलाई  संबैधानिक राजा स्वीकार गरेर गद्दीमा राखियाे तर उनकाे विचारमा कहाँनेर विचलन आयाे सम्पूर्ण  राजनैतिक अधिकार माथि कब्जा गरेर तानाशाही लाध्न खाेज्दा उनकाे शासनकाे आयु पनि द्रीघायु भएन  ।

उनकाे तानाशाही बिरुद्ध फेरि जनआन्दाेलनका  शक्तिहरु बीच एकता भयाे र २०४६ ले दिएकाे अधिकार पनि राजा ज्ञानेन्द्रले २०६४ काे जन आन्दाेलनमा आर्यघाटमा आफ्नै हातबाट दाहसंस्कार गरेर डाँडामा गएर बसे । २०६४ ले देशमा संबिधानसभा बनाएर संबिधान निर्माण गर्ने कार्यमा जुटे पनि कुकुरकाे पुच्छर जति बर्ष बासकाे ढुंग्राेमा राखे पनि साेजाे हुनै सक्दैन संबिधान बनाउने कार्य भन्दा पनि सत्तामा कसरी जाने र देशलाई लुट्ने तिर बढी ध्यान दिएकाे छर्लङ्गै  देखिन्छ गान्धीजीका तीनवटा बाँदरलाई    एकपटक साइडमा राखेर आफ्नै आँखा खाेलेर हेर्ने हाे भने । आठ बर्ष सत्ताकै लुछाचुडीमा बिताए पछि अब जनताले ठाेक्छन् भन्ने डरले रातारात कसकाे इशारामा हाे नेपालकाे माटाे,नेपाली जनता र नेपाल राष्ट्रलाई न‌ै पटक्कै नसुहाउने,नमिल्ने धर्म निरपेक्ष लाेकतान्त्रिक संघीय गणतन्त्र लाधे र संसारकै उत्कृष्ट र उच्तम व्यवस्था भन्दै देशलाई कमिशन, लुट, झुट, तस्करी, बलात्कार, आत्महत्या गर्न बाध्य, कानुनकाे दुरुपयाेग,अख्तियारकाे दुरुपयाेग,उद्याेगहरु बेचेर भ्युटावरकाे निर्माण, नक्कली शरणार्थी, सरकारकाे स्वामित्वमा रहेकाे जग्गा कानुन बनाएर बेच बिखन,स्वास्थ्य जस्ताे सेवामुलक संस्थामा कमिशनकाे खेल, भिजिटभिसा, सुन तस्करी र सत्ताकाे लुछाचुडीमा न‌‌ै गणतन्त्र रमाएकाे प्रष्ट देखिन्छ ।

भेटी चढाउने अराजनैतिक व्यक्तिलाई सांसद बनाउने,सत्ता,कमिशन र तस्करीकाे खेलमा रुमलिएर  सांसदहरु न‌ै संसद जस्ताे मर्यादित थलाेमा कात्तिके कुकुर जस्तै जथाभावी मनलाग्दी बाेल्ने, हुन त पहिलेका सत्ताहरुमा  बाेल्न पाइन्न थियाे अहिले हामीले यसरी जथाभावी बाेल्ने गाली गर्न पाउने अधिकार दिएकाे भनेर थाक्दैनन्, लाजपनि मान्दैनन् ७ गतेकाे संसदमा बाेलेकाे देख्दा जसले पनि कस्ताे व्यवस्था ल्याइए छ भन्ने कुराले छर्लङ्ग पारेकाे छ सांसदहरु कति मर्यादित र जनपक्षीय छन् भन्ने कुरामा प्रश्न चिन्ह खडा गरेकाे छ । बिल पास गर्न दुइतिहायी बहुमतकाे सत्तामा भागिदार ठुला दलहरुले ह्वीप जारी गर्नु पर्ने। २०४६ काे सयाैं जनताकाे सहादत पछि प्राप्त लाेकतन्त्र र देश बचाउने कुन‌ै सम्भावना देखिन्न । सत्ता पक्षले जति गाली गरे पनि हुने, मान्छे बेचे पनि  हुने, कमिशन जति खाए पनि हुने तर सत्तामा भागबण्डा नपाएका संसदीय व्यवस्था मातहत चुनाब लडेर सत्ता र भत्ताकाे दाउमा लागेका पार्टीहरु दुइ खेमामा बाँटिएर पक्ष र बिपक्ष भएकाे देखिए पनि सत्ता र भत्ता कसरी कुम्ल्याउन सकिन्छ भन्ने एक सुत्रिय कार्यक्रम वाहेक अरु कुनै परिवर्तनकाे आशा जनताले गर्न सक्ने कुनै पनि सत्ता या सत्ता बाहिरका दलहरुमा पट्क्कै देखिन्न । राष्ट्र र जनताकाे पक्षमा आन्दाेलन गर्ने कुनै शक्ति हाम्राे देशमा बचेकाे छ जस्ताे लाग्दैन ? सबैकाे तारगेट मिशन ८४ र संसदमा एनि हाउ जसरी पनि संसदमा जाउ बाहेक अरु कुनै ओैचित्य देखिन्न ? यसै सन्दर्भमा उहिले हजुर आमाले सुनाएकाे गुप्त खाेलाकाे कथा सम्झिन बाध्य बनायाे ।

कुनै जमानामा कर्णालीमा जसकाे घाेडा  भेडा,गाइ भैंसी धेरै पालेकाे हुन्थ्याे त्यसलाई धनी र सम्पन्न मान्ने चलन थियाे । गाइ भैंसीहरु त घरकाे आसपास  नै गाेठ बनाएर राखे पनि भेडाबाख्राहरु भने गर्मीमा १७/१८ हजार फिट माथि पाटनमा चराउन लिने र जाडाेमा ओैल (बेसी) तिर चराउन लिने चलन थियाे ३/४ महिनाकाे लागि पुग्ने सामल तुमल  सहीत बेसीतिर झर्ने गरेकाे चलन फाट्टफुट्ट अहिलेसम्म पनि शेष रहेकाे देखिन्छ .। यस्तै एक पटक कुनै एउटा मुर्ख मान्छेले ति भेडीगाेठालाहरुलाई मुर्ख बनाउने खतरनाक याेजना बनाएर भेडी गाेठाला बेसीतिर झर्ने तयारी गरिरहेकाे वेला उसले हरे मैले एउटा यस्ताे गुप्त ठाँउ पत्ता लगाएकाे छु । जहाँ भेडाबाख्राकाे गाेठालाे लाग्न‌ै पर्दैन खानेकुरा (सामलतुमल) पनि बाेक्नु पर्दैन । त्याे ठाँउमा पुग्न मात्रै गाह्राे छ त्यहाँ पुगे पछि गाेठालाेले पनि खान पर्दैन,भेडाबाख्रालाई पनि चराउनु पर्दैन ,सबै केही नखाएर आरामसंग बस्न  सकिन्छ । यस्ताे अनाैठाे कुरामा खासै बिश्वास नगरेकाे देखे पछि उसले मैले त याे हमेशा, कहिले तल, कहिले माथि सामलतुमल बाेकेर दुख पाउने कुराबाट हमेशाकाे लागि मुक्ति पाउनु हुन्छ भनेर उचित सल्लाह मात्रै दिएकाे हाे तपाईहरु जाने नजाने तपाईहरुकाे इच्छा । यति भनेपछ ति गाेठालाहरु पनि अनेक प्रकारकाे दुखबाट मुक्ति पाउन सकिने भयाे भन्दै त्याे गुप्त खाेला तिर लागे छन् । उसले गुप्त खाेलाे भेटाउन साह्रै गाह्राे छ आत्तिएर बीच बाटाे बाटै फर्किनु भयाे भने तपाईकाे मुक्ति असम्भब छ । केही दिनकाे दुख पीडा पछि तपाई स्वर्गमा पुगेकाे आनन्द लिन पाउनु हुने छ भनेर लगाए पछि ति गाेठालाहरु आआफ्ना भेडाबाख्रा सहीत मुस्किलले ५/७ दिन मात्रै पुग्ने खानेकुरा बाेकेर हिडे छन् ,हिडेकाछन् हिडेकाछन् अब त आउछ हाेला भन्दै भाेकभाेकै अत्यन्त कठिन अनकण्टार खाेलाबाट छिर्दै अगाडि बडेछन् केही दिनकाे हिंडाइ पछि सामलतुमल पनि सकिए छ बाटाेमा गुप्त खाेला नपुग्दै भाेक र राेगले सबै त्यत‌ै मृत्यु वरण गर्न पुगे छन् । अहिलेसम्म पनि त्याे गुप्त खाेला एउटा मुर्खकाे भनाइमा लागेर खाेज्दै हिडेका गाेठाला र भेडा फर्केर आएका छ‌ैनन् ? अहिले हाम्राे देशका सम्पूर्ण राजनीतिक दलका नेता र कार्कर्ताहरु पनि संघीय लाेकतान्त्रिक गणतन्त्रकाे गुप्त यात्रामा कसिएर लागि परे जस्ताे देखिन्छ ।

अब याे गुप्त खाेलाकाे यात्रा हाम्राे देशकाे लागि र जनताकाे लागि रत्तीभर पनि आवश्यक छैन भन्ने कुरा बुझेर यही संघीय गणतन्त्र हाेस या हिजाे फालेकाे राजतन्त्र हाेस नेपालकाे भाैगाेलिक,सामाजिक,राजनीतिक अवस्थामा कुनै एउटा शक्ति वा दुइटै शक्ति आपसमा मिलेर मात्रै सम्भव हुनसक्छ अन्यथा संसदमा लिजमा दिने कुरा रेमिटेन्स र आम जनता माथि थुपारेकाे करले तिमीहरु पनि कति दिन माैज मस्ती गराैला ? व्यवस्था र देशकाे अवस्था सुधार गर्न अटेरी गरेर काम गर्ने युवाहरु जति बिदेश लखेटेर सत्तरी असी नाघेका बुज्रुरुकहरु र बच्चाहरु माथि के राजनीति गर्ने ? आज तिमीहरुकै कुशासन र अव्यवस्थाकाे कारण काम गर्ने युवा मात्रै बिदेशिन बाध्य छैनन्,डाक्टर,नर्स,इन्जिनियर,प्राेफेसर सबै उच्च शिक्षा लिन बिदेश जान बाध्य छन्,राेगीहरु उपचार गर्न बिदेश जान बाध्य छन्, धेरै जसाे उद्यमी बिदेशमा ब्यापार गर्न बाध्य छन् याे अवस्था अब अगाडि बढ्न नदिन के गर्ने संघीय गणतन्त्रकाे गुप्त खाेला तिरकाे यात्रा अविलम्व राेक्न जरुरी छ । आफ्न‌ै राष्ट्रलाई सुहाउने व्यवस्थाकाे स्थापना तिर लाग्न जरुरी छ हाेइन भने आज गाँइगुइ देश अरुमा गाभ्ने र लिजमा दिने कुरा यस्तै हाे भने अंझ चर्काे भएर आउने सम्भावना नकार्न सकिन्न ,सांसदले मात्रै हाेइन आज बहुसंख्यक आम नागरिककाे मन मस्तिष्कमा कि सुधार गर कि अरुलाई सुम्पी दिए हुन्छ भन्ने भावनाले बल पाउदै गएकाे छ ।

सम्बन्धित समाचार