डुबेर मृत्यु

6.4k Shares

काठमाडौं, ९ असार । मोरङ, धनपालथान गाउँपालिका-७ कदमाहा टोल बस्ने बिजय शर्माको छोरा ८ वर्षीय
ऋषि शर्माको आफ्नै घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सप्तरी, छिन्नम्सता गाउँपालिका-६ कोचाबखारीस्थित पोखरीमा डुबेर भारत बिहार सुपोल ग्राम बेलाहा मझारी बस्ने सुरेन्द्र मुखियाकी छोरी ७ वर्षीया राधा मुखियाको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार