डुबेर मृत्यु

5.9k Shares

काठमाडौं, ५ असार । सिन्धुली, दुधौली नगरपालिका-११ मरघट्टी बस्ने हस्त बहादुर सुनुवारकी छोरी ८

र्षीया ममता सुनुवारको सोही ठाउँस्थित सिंचाईको लागि खनेको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको कटारी नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, कैलारी गाउँपालिका-७ बस्ने ४६ वर्षीय दुलाराम चौधरीको सोही गाउँपालिका-७ घोडाघोडिस्थित मोहना नदीमा डुबेर बुधबार बेलुकी मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार