विभिन्न धनमाल चोरी

7.6k Shares

काठमाडौं, टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर भएकी ३५ वर्षीया कविता गुरुङको कोठाबाट विभिन्न सुनका गरगहना  गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-६ घर भएका २४ वर्षीय गम्भिर श्रेष्ठको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

ओखलढुंगा, सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने सुदिप विकले सोही ठाउँस्थित संचालन गरेको सौगात ज्वेलर्सबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब ३ लाख ८८ हजार ४ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार