अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए

5.6k Shares

काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौंको बालाजुमा भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सकुशल भेटेको हो । रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन थिए ।

‘उहाँलाई बालाजुमा सकुशल भेटेका छौँ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले खबरहबलाई भने, ‘अहिले परिसरमा ल्याएका छौँ। अब श्रीमतीलाई झिकाएर जिम्मा लगाउँछौँ ।’

सामाजिक सञ्जाल फेसबुकमार्फत् अलबिदा शीर्गकमा उनले लामो स्टाटस लेखेका थिए । उक्त स्टाटसमा डा.श्रेष्ठले राजनीतिक हस्तक्षेप, मानसिक दबाब, बदला र व्यवस्था विरोधी तत्वहरूका कारण आफू विक्षिप्त अवस्थामा पुगेको उल्लेख गरेका थिए ।

रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा केन्द्र बनाउने लक्ष्यमा लाग्दा विभिन्न स्वार्थ समूह र प्रभावशाली व्यक्तिहरूले झूठा आरोप र धम्की दिएको उनले बताएका छन् । अनावश्यक सरुवा प्रक्रिया थोपरेको पनि उनको आरोप छ ।

आफूलाई यो अवस्थामा पुर्‍याउने व्यक्तिहरूको नामसमेत उनले किटान गरेका छन् । उनले लामो समयदेखि भोग्दै आएको अन्याय, प्रशासनिक हस्तक्षेप, र मानसिक यातनाले थकित हुँदै अन्ततः आत्मसमर्पणको मनस्थितिमा पुगेको स्पष्ट संकेत दिएका छन्।

सम्बन्धित समाचार