मृत अवस्थामा फेला

6.7k Shares

काठमाडौं, २६ जेठ । मोरङ, धनपालथान गाउँपालिका-३ बेतौना चोकस्थित सडक पेटीमा भारत अररिया
मजरग पंचायत बस्ने ५५ वर्षीय राजेश्वर बहरदार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, बिर्तामोड नगरपालिका-२ चैतुवाडीस्थित सडक पेटीमा भारत आसाम घर भएका ४३ वर्षीय दिपेन मादुवा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, मिथिला नगरपालिका-४ चमेनीमाई मन्दिर नजिकै हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलास्थित नालामा सोही ठाउँ बस्ने ६५ वर्षीया चन्द्रा देवी भुल आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, भरतपुर महानगरपालिका-१ राम जानकी मन्दिरस्थित पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोट,बेलकोटगढी नगरपालिका-७ कल्चेडीस्थित ससुराली घरमा काठमाडौं टोखा नगरपालिका-१ बस्ने ४० वर्षीया भिमदेव डंगोल आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार