नेपालमाकाे राजनीतिमा डर्टी पाेलिटिक्स  !

21.7k Shares
- डी.बी.नेपाली
विश्वका अधिकांश देशहरुमा भएका राजनैतिक परिवर्तनले ती देशहरुमा शतप्रतिशत नभए पनि धेरै हदसम्म सुशासन, सुव्यवस्था, हक, अधिकार, न्याय, कानुन र समृद्धिकाे बाटाेमा अगाडि बढेकाे देखिन्छ र राजनेताहरु माथि अपराध प्रमाणित नभए पनि आवाज उठ्ने बित्तिकै ती नेताहरुले नैतिकताकाे आधारमा सत्ताले दिएकाे पदबाट तुरुन्तै राजिनामा दिएर पद मुक्त भएर बसेका खबरहरु सुन्न पाइन्छ । कुनै जनधनकाे क्षति हुने घटना घट्याे भने पनि सम्बन्धित मन्त्रीले त्यसकाे जिम्मेबारी लिएर राजिनामा गरेका हुन्छन् त्यसैले ती देशहरुले प्रगति गरेका छन्,नियम कानुनकाे पालना राजनीतिज्ञ र जनता सबैले गर्छन् । सेना, प्रहरी र बिभिन्न आयाेगका प्रमुखहरु त्यहाँकाे संविधानले दिएकाे अधिकार कुनै रावनीतिक दबाब विना प्रयाेग गर्न स्वतन्त्र छन् नगन्य घटनालाई छाेडेर पहिचान,नातागाेता या चापलुसीकाे भरमा उनिहरुकाे चयन नभएर याेग्यता र राष्ट्रलाई दिएकाे याेगदानकाे आधारमा चयन गर्ने सिस्टम छ त्यसैले त्यस्ता देशहरु समृद्ध छन र अंझै समृद्धिकाे बाटाेमा अगाडि बढिरहेका छन् ।
 
तर हाम्राे देश नेपालमा भने जति जति सत्ता परिवर्तन र अग्रगमणकाे बाटाेमा अगाडि  बढ्दै छ त्यति त्यति नियम कानुन नमान्ने,नैतिकता के हाे थाह छैन, याेग्यता के हाे थाह छैन, पहिचान र नातागाेता या कराेडाैंमा उच्च पद किन्न सक्ने व्यक्ति उच्च पदमा पुग्छन् । हालकाे संसारकै उत्कृष्ट व्यवस्थामा आइ पुग्दा त सांसदकाे उम्मेदार मात्रै बन्न कराेडाैंमा पार्टीका मुखियाले टिकट बेच्ने गरेकाे सर्वविधितै छ । ठेक्कामा कमिशन, सरुवा बढुवामा कमिशन, आयात निर्यातमा कमिशन, कर्मचारी छनाैटमा कमिशन, ओैषधी किन बेचमा कमिशन, बिद्युत किन बेचमा कमिशन, जहाजमा कमिशन, जमिनमा कमिशन, स्कुल कलेजमा कमिशन, तस्करीमा कमिशन, अपराधिक घटनामा कमिशन,हत्यामा कमिशन, मिशनमा जान कमिशन, काम गर्न बिदेश जानु पर्दा पनि कमिशन, आम जनताले स्वदेशमै बसेर केही बिजिनेश ब्यापार गर्छु भन्दा कमिशन यस्ताे व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था भन्ने  कि अत्यन्त भ्रष्ट व्यवस्था भन्ने !
 
भ्रष्टाचार, तस्करी, हत्या, बलात्कार, दलाली, कमिशनकाे ढलमा चुर्लुम्मै डुबेर हस्हस्सी गन्हाउदा पनि लाजै नमान्ने कस्ता राजनेता या जनप्रतिनिधि छानेकाे त हामीले । अहिलेसम्म संसारकाे राजनीतिमा डर्टी पाेलिटिक्स भन्ने शब्द त प्रयाेग हुँदै आएकाे थियाे भने हाल नेपालले संसारकै उत्कृष्ट व्यवस्थामा प्रवेश गरे पछि नेपालकाे उत्कृष्ट राजनीतिमा डर्टी भन्ने शब्दले पनि उच्च फड्काे मारेर गन्हाउने पाेलिटिक्स भएकाेछ । नेपालकाे राजनीति, राजनैतिक परिवर्तनसंगै  उत्तराेत्तर प्रगति गर्दै जाँदा अयाेग्य पात्रहरुकाे प्रवेशले ठाँउ पाउनु एउटा कारण हाे भने अर्काे कारण सत्तामा जुनसुकै ब्यक्ति आएपनि सत्ताले स्थायीत्व नपाउनु, हत्या, षड्यन्त्र र चापलुसीलाई सत्तामा चढ्ने सिढी बनाएर बिभिन्न काण्डहरु मच्चाइ राख्नु । अहिलेसम्मकाे नेपालकाे इतिहासमा राजतन्त्र जति बदनाम गरिए पनि उसैले याे राय्ट्र निर्माण गरेकाे र धेरैलामाे समयसम्म चलेकाे देखिन्छ तर  पृथ्वीनारायण शाह पछि उनका छाेरा त्यसपछि उनका नाती राजा बन्दा राजतन्त्र अत्यन्त कमजाेर बनेकाे र राणाहरुले कब्जा गरेर १०४ बर्षसम्म निरंकुश शासन गरेपनि  षडयन्त्र र काण्डै काण्डले भरिएकाे देखिन्छ आफ्नै भाइभारदारहरुकाे हत्या गरेर शासन चलाउने गरेकाे देखिन्छ ।
 
राणा शासन कालमा जसरी काण्डै काण्ड र षडयन्त्र गरेर सत्ता हत्याउने घृणित डर्टी राजनीतिले प्रवेश पायाे त्यसैकाे निरन्तरता अहिले पनि चलेकै छ । २००७ सालमा नेका,राजा र राणाकाे बीच मध्यसता गराएर लिल्लीले  दिल्लीमा त्रिपक्षीय सम्झाैता गराएर प्रजातन्त्र स्थापना गरेकाे नाैटंकी गरियाे ०७ सालदेखि ०१५ सम्म आउदा कुनै पनि सरकार स्थीर भएर टिक्न सकेन राणा राणामा दुश्मनी,काँग्रेसमा पनि आफ्नै दाजुभाइमा तालमेल नमिल्नु, अस्थिरता, आपसी द्वन्द बीच ७/८ बर्षकाे त्याे अस्थिर राजनीतिले षडयन्त्र र खिचातानी बाहेक केही उपलक्धी हाँसिल गर्न सकेन ०१५ सालमा संसदकाे चुनाब गराएर नेकाकाे बहुमतकाे सरकार बने पनि खासै केही उपलब्धी दिन नसक्दा र राष्ट्रियता माथि नै खतरा महसुस गरेर रावा महेन्द्रले ०१७ पुस १ गते कु गरेर । नेताहरु जेलमा बन्द गरेर शासन आफ्नु हाथमा लिएर एकदलिय  पञ्चायती व्यवस्था लागु गरेर सबै पार्टीहरुमा प्रतिबन्ध लगाए ०२८ सालमा राजा महेन्द्रकाे निधन पछि बीरेन्द्र बीरबिक्रम शाह राजा बनेर ०४६ सम्म एकदलिय पञ्चायती व्यवस्था चलाए भने ०४६काे जनआन्दाेलनले उनलाई संबैधानिक राजा बन्न बाध्य पार्याे ।
०४६ काे जनआन्दाेलनमा पनि अप्रत्येक्ष रुपमा दिल्लीकै हात रहेकाे भनाइ थियाे । ०४८काे आम निर्वाचनबाट पुर्ण बहुमत पाएकाे काँग्रेसकाे सरकार काँग्रेसकै सिर्स नेताहरुकाे आपसी झैझगडाकै  कारण टिक्न सकेन,म. मदन भण्डारी र क. जीराज आश्रीतकाे हत्या देशमा प्रजातन्त्र आएपछि गरिनु र अहिलेसम्म हत्याकाे अत्ताे पत्ताे नलाग्नु  त्याे हत्या राणा शासन कै शैलीमा जनआन्दालनमा सक्रिय भुमिका खेलेका दलहरुकाे भित्रैबाट षडयन्त्र भएकाे हुन सक्ने कुराहरु पनि वेलाबखत आउने गर्छन् ।
 
काँग्रेसमा फुट,क. भण्डारी र क. आश्रीतकाे हत्या अनि ०४६काे परिवर्तनलाई सिसु प्रजातन्त्रकाे न्वारन गरेर  संदमा छिरेकाे माओवादी जंगल पसेर कथित जनयुद्धकाे नाममा दश बर्षे सर्वसाधारण गाँउका ठालु,शिक्षक र जनताकाे हत्या र दुख दिने कार्यलाई बहुतै गर्वसाथ परिवर्न र जनताकाे जनवादी सत्ता तथा अधिकार स्थापित गरेकाे भन्ने गर्छन् । यस्तै देशलाई गृहयुद्धमा हाेमेर अस्थिरता र षडयन्त्रकाे राजनीति कै बीच २०५८ जेठ १९ गते राजा बीरेन्द्रकाे वंश नाश हुने गरि गरपएकाे हत्या काण्ड पनि युवराज दिपेन्द्रकाे टाउकाेमा हालेर सत्ता खाेस्ने प्रयास गरे पनि राजा ज्ञानेन्द्रले सत्ता आफ्नु हातमा लिएर ०४६ काे जनआन्दाेलनकाे पावरलाई दवाउन खाेज्दा उनले पनि सत्तालाई स्थायित्व  दिन सकेनन् भने माओवादीकाे जनयुद्धले पनि ०६२ सालमा दिल्लीमा ओम नम शरणम   भएर  बाह्रबुँदे समझदारी या सम्झाेता गरेर  फेरि ०४६ काे जनआन्दाेलनका शक्तिहरु मध्य सात दलसंग मिलेर ०६२/०६३मा दाेस्राे जनआन्दाेलनकाे घाेषणा गरेर राजा ज्ञानेन्द्रलाई राजगद्दीबाट हटाउन सलफ भए  र देशमा संबिधान सभाकाे चुनाब गराइ राष्ट्रलाई टुक्राटुक्रा पार्ने षडयन्त्रकाे थालनी हुन्छ तर सत्ताकाे मात र लाेकतन्त्र ल्याएकाे पगडी गुथ्ने हाेड्बाजीले पाँच बर्षसम्म नसत्ता चलाउन सके न संकिधान निर्माण गर्न सके पछि केही समय खिलराज रेग्मीलाई प्रम बनाएर संबिधान सभाकाे चुनाव गराउन चुनावी सरकार बनाइयाे र संबिधान सभाकाे दाेस्राे कार्यकाल पनि राजनीतिक दलकाे स्वामित्व लिने खिचलाे र खास गरि ठुला तीनवटा दलका सिर्ष  नेताहरुमा सत्ता प्रमुख बन्ने चाहनाले आफ्नै दलका नेताहरुमा खुट्टा तानातानकाे कारण स्थाइ सरकार गठन हुन सकेन, संबिधान निर्माण  भन्दा पनि  पद र कुर्सीकाे खेल आ आफ्नै दल भित्र खेल्न शरु भयाे तर जब प्रजातन्त्र नै फेल हुने जस्ताे अवस्था सिर्जान हुने जस्ताे देखे पछि विचार नमिल्ने पार्टीहरुसंग गठबन्धन गरेर भए पनि सत्तामा कब्जा जमाउने र रातारात राष्ट्रलाई धर्म निरपेक्ष बनाउने खेल शरु भयाे।
 
दाेस्राे संबिधान सभाकाे चुनाव ०७०मा भयाे र शुसिल काेइराला, केपी ओली,पुष्पकमल दाहल अनि शेरबहादुर देउवा चार बर्षकाे एउटा कार्यकालमा आपसी खिचातानी चार जना प्रम भए भने अखण्ड नेपाललाई  टुक्राटुक्रा पारेर राष्ट्रकाे सार्वभाैमिकता लिलाम गरेर नेपाली जनता माथि जबरन लाधिएकाे संसारकै उच्तम व्यवस्था भनेर देश टाट् पल्टाउने डर्टी पाेलिटिकल खेलमा राणा कालकाे भन्दा पनि बढी षड्यनत्र,तस्करी,दलाली,कमिशनकाे र लम्पसारवादी दलदलमा फंसेर उठापटक  र भागबण्डाकाे खेलमा लिप्त कथित रावावादी,माओवादी,प्रजातन्त्रवादी,गणतन्त्रवादी, याे वादी उ वादी सबैकाे राष्ट्रकाे राजनीतिमा लागि पर्नुकाे गन्दा र बहुतै लाजमर्दाे घृणित काम एनि हाउ सत्तामा जाउ, जति राष्ट्र र जनता लुटेर खान सक्छाैं खाउ भन्ने डर्टी दाउ ।
सम्बन्धित समाचार