सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ?

7.6k Shares

काठमाडौं– सुपरहिट फिल्म अन्दाज डेब्यु एक्टर सविन श्रेष्ठ कश्यप नामक फिल्ममा अनुबन्धित भएका छन्। 

एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। 

हातमा रगत तलपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित् देखिएका सविनको पात्र फिल्ममा हिरो कि भिलेन हो भन्नेमा अन्यौलता देखिएको छ। 

एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन्। निर्देशक खड्का र सविनले ग्लामर फिल्डको यात्रा संगै शुरु गरेका थिए, करिब २ दशक अघिेदखि। लामो छलफल, अनुशन्धान र तयारी पश्चात उनीहरु एकसाथ कश्यपमा काम गर्दैछन्।

सोमबार चलचित्र बिकास बोर्डमा औपचारिक रुपमा कश्यप नाम राखेर निर्माण इजाजत लिइएको छ। अन्य कलाकार र फिल्मबारे चाँडै नै जानकारी दिईने बताइएको छ।

सम्बन्धित समाचार