रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी निरिक्षक विमला कठायतले हबल्दार र जवानको प्रयोग गरि कमिसन असुल्ने गरेको तथ्य बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा दरबन्दी भई जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत हबल्दार दिलिप कुमार चौधरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत जवान गंगा श्रेष्ठलाई प्रयोग गरेर प्रहरी निरिक्षक कठायतले मातहतका ट्राफिक प्रहरी युनिटहरुबाट कमिस असुल्ने गरेकी ट्राफिक प्रहरी अधिकारीहरु नै बताउँछन् ।
प्रहरी निरिक्षक कठायतले जवान गंगालाई आफ्नो बडिगार्डको रुपमा राखेकी र जिल्ला प्रहरी कार्यालय सिरहा दरबन्दी भई पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा बस्दै आएका हबल्दार चौधरीलाई प्रयोग गरेर जसरी पनि पैसा काउनु पर्छ भन्ने योजना बनाएकी ट्राफिक प्रहरी अधिकारीहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा दरबन्दी भई पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा बस्दै आएका हबल्दार चौधरीको पहिलाको घर धनुषा भएपनि हाल उनले चन्द्रनिगाहपुरमा पनि घर बनाएका र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा पटक पटक काज गरी आउने गरेका कारण पनि असुलीको पाटो स्पष्ट हुन्छ । काजमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट आएकी प्रहरी निरिक्षक कठायतले आफु सरुवा भएर जाँदा विभिन्न दाताहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको लागि सहयोग गरेका सोफा सेट, गरुडा नगरपालिकाले दिएको एसी समेत लैजाने तयारी गरेकी ट्राफिक प्रहरी अधिकारीहरुले बताए ।
नेपाली कांग्रेस नेतृ आर्जु राणाको नजिक रहेको घमण्ड देखाउँदै प्रहरी निरिक्षक कठायतले जिल्लामा आएदेखि नै जसरी पनि कमिसन चाहियो भन्ने निर्देशन दिएकी छन् ।
यता,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथ्लैया, बारा मधेश प्रदेशले उनै भ्रष्ट प्रहरी निरिक्षक कठायतलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान समेत गरेको छ । जसबाट पनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथ्लैया, बारा मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराईले पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट राम्रो कमिसन पाउने आशंका गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथ्लैया, बारा मधेश प्रदेशले भ्रष्ट प्रहरी निरिक्षक कठायत सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथ्लैया, बारा मधेश प्रदेशमा कार्यरत असई दिपक कुमार बस्नेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवारलाई सम्मान गरेको हो ।
भ्रष्ट प्रहरी निरिक्षक कठायतलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथ्लैया,बारा मधेश प्रदेश मातहतमा रहेका ट्राफिक प्रहरी निरिक्षकहरु मध्य उत्कृष्ट भन्दै सम्मन गर्नुले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथ्लैया, बारा मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भट्टराईलाई पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट राम्रो कमिसन जाने सहजै अनुमान गर्न सकिन्छ ।
उनीहरुलाई नगद रु १० हजार सहित कदरपत्रबाट सम्मान गरिएको थियो । तीनै जना ट्राफिक सेवामा रही पु¥याएको विशेष योगदानको उच्च मुल्यांङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए । जसबाट पनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथ्लैया,बारा मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भट्टराई पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट मातहतबाट संकलन भएको कमिसनको भागेदार हुन भन्दा फरक नपर्ला ।