यू-१६ राष्ट्रिय क्रिकेट: लुम्बिनीका रौनक श्रीवास्तवले बनाए दोहोरो शतक

6k Shares

काठमाडौं – सुर्खेतमा जारी यू -१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन्।

विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन्। उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे।

रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको छ। 

सम्बन्धित समाचार