बन्दको मौकामा चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्बिरहरू)

8.9k Shares

काठमाडौं– गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्ध वृद्धालाई झनै मुस्किल भएको छ ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरूले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरूले बताएका छन् । उनीहरूले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन् ।02.jpg01.jpg

सम्बन्धित समाचार