20.5k
Shares
आफ्नो पासवर्ड राखिएको सर्भर ह्याक गरेर ह्याकरले २ मिलियन डलरको बिटक्वाइन चोरेको भन्दै तोमोको स्ल्यानकार्ड नाम गरेका व्यक्तिले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।
ती बिटक्वाइन कारोबारीले आफूसँग ३३ बिटक्वाइन रहेको र सबै चोरी भएको बताएका छन् । उनले उक्त बिटक्वाइन किन्दा जम्मा ६ लाख डलरमा किनेका थिए । अहिले त्यसको मूल्य २० लाख डलर भन्दा बढी हुन्छ ।
उनले पासवर्ड राखिएको ब्याकअप सर्भर नै ह्याक गरिएको गुनासो गरेका छन् । बिटक्वाइन चोरी नभएको भए उनी करोडपति हुने उनले लेखेका हुन् ।