काठमाडौँ/मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपालको 'दशौँ बार्षिकोत्सव-२०८०' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौँको रविभवन अवस्थित पर्फेक्ट बैंक्विटमा विहान ११ बजे आयोजना भएको उक्त कार्यक्रम अपरान्ह ५ बजे सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष सूर्य प्रसाद शर्मा ढुंगेल हुनुहुन्थ्यो भने बिशिष्ट अतिथीमा राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी खतिवडा सहभागी हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथीमा का.म.न.पा. वडा नं. १२ का वडाअध्यक्ष बालकृष्ण महर्जन, लायन्स क्लब डिष्ट्रिक काउन्सिल, काठमाडौँबाट डा.विष्णु प्रसाद गौतम लगायत मावन अधिकारकर्मी, सामाजिक अगुवा, अधिवक्ता, सामाजिक अभियन्ता, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमको सभापतित्व आसन आयोजक संस्थाका अध्यक्ष कोकिला पुनले गर्नुभएको थियो ।
कार्यक्रममा आमन्त्रित अतिथीहरुले आआफ्नो धारणा व्यक्त गर्नुहुँदै बन्दी जीवन व्यतित गरिरहेका कैदीहरुको हकहित तथा उनीहरुको उचित संरक्षणको बिषयमा सरकारको ध्यानकर्षण गराउनुभएको थियो । कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरुलाई खादा ओढाई मायाको चिन्ह पनि प्रदान गरिएको थियो भने समाजमा टेवा पुर्याएका व्यक्तित्वहरुलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो । कार्यक्रममा जलपानको पनि व्यवस्था गरिएको थियो ।


