काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिका-४ धुम्बाराही धनवन्तरी फुटसल नजिकै टहरामा उदयपुर घर भएका ४३ वर्षीय कृष्ण बहादुर रावतको रावत ट्रेडरको अफिसमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-८ चरिगवा बस्ने ३० वर्षीय महबुब मुसलमानको कुखुराको फर्ममा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ ।
संखुवासभा, चिचिला गाउँपालिका-२ दिदिङ घर भई सिलीचोङ गाउँपालिका-५ तुम्बुम्बा बस्ने राज कुमार राईको घरमा आइतबार राति आगलागी हुँदा घर, घर भित्र रहेको लत्ताकपडा, अन्नपात भाँडावर्तन लगायतका सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिराहा, कल्याणपुर नगरपालिका-११ बस्ने २८ वर्षीय समतुल हकको टेलर्स पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा टेलर्समा रहेको लत्ताकपडा र कपडा सिलाउने मेसिन ४ थान जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।