सिप मेला २०८२ को दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी

8.1k Shares

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सिप मेला २०८२’ को दोस्रो दिनका कार्यक्रममा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता जनाएका छन् । मेलामा तालिमका लागि छानिएका (वैकल्पिकसहित) ३ हजार ५५ जनामध्ये  १ हजार ४५५ जनाले सहभागी भएका छन् । 

बिहान ११ बजेदेखि सुरु भएका कक्षाहरू ३ वटा सिफ्टमा चलेका थिए । शुक्रबार बागबजारस्थित काठमाडौं  मोडल कलेजमा चलाइएका कक्षाहरू ९० वटा थिए । 

कक्षाहरू करियर काउन्सिलिङ, उद्यमशीलता विकास र पेसागत दक्षता विषयमा केन्द्रित थिए । ती कक्षाहरू मोडल कलेज, इन्स्योर हेल्वटास नेपाल, नेपाल चेम्बर अफ कमर्सका प्रशिक्षकहरूले  दिएको महानगरले जानकारी दिएको छ । 

तालिम संयोजक देवेन्द्र केसीका अनुसार  तालिमपूर्वक प्रशिक्षण, तालिम अवधिको प्रशिक्षण र तालिमपछिका क्रियाकलाप गरी ३ चरणमा बाँडिएको छ । सैद्धान्तिक कक्षापछि आइतबार बिहान ७ बजेदेखि टुँडिखेलमा प्रयोगात्मक कक्षाहरू सुरु हुनेछन् । 

मेलामा १० क्षेत्रका ४२ पेसामा निःशुल्क तालिम सञ्चालन हुनेछन् । जसमध्येका ३७ वटा तालिम टुँडिखेलमा र बाँकी तालिम महानगरले तोकेका ल्याबहरूमा हुनेछन् ।

तालिम एक महिनाभित्र  १०० घण्टाको हुने महानगरले जानकारी दिएको छ । छनोट भएकाहरूलाई फाराममा उल्लेखित फोन नम्बरमा सहभागिताका लागि सन्देश पठाइएको छ ।

सम्बन्धित समाचार