सङ्खुवासभामा बालिकाको शव बरामद, शंकास्पद मृत्यु भएको आशङ्का

11.2k Shares

काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ बाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको शव बरामद गरेको छ ।

भोटेखोला गाउँपालिका–४ स्थित सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सङ्खुवासभाका डीएसपी दक्ष बस्नेतले रातोपाटीलाई बताए । मृतक गोपाल तामाङकी छोरी हुन् ।

जेठाजु र बुहारीको बिचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशङ्का गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

बालिकालाई डिलबाट धकेल्ने अनिका गुरुङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

सम्बन्धित समाचार