फागुनमा महाधिवेशन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान

8.4k Shares

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आगामी फागुनमा महाधिवेशन गर्ने भएको छ ।

प्रतिष्ठानको हालसालै बसेको केन्द्रीय समितिको बैठकले फागुनमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगरले बताइन् । उनले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने तय भएको जानकारी दिइन् ।

बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय समेत गरेको छ । 

अध्यक्ष थापा मगरका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुङ्गो लगाउने निर्णय समेत भएको छ । त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल वितरण र आजिवन सदस्य व्यवस्थित गर्ने  निर्णय पनि भएको छ । 

महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ । प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् ।

प्रतिष्ठानले जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति एकै दिन अधिवेशन सक्ने पनि तयारी गर्दै छ ।

सम्बन्धित समाचार