7k
Shares
रसुवा, ५ जेठ । गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब ७ किलो ६ सय ५३ ग्राम सुन सहित
सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय किशोर कुमार भुजेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले चीनबाट नेपालतर्फ आउँदै गरेको बा.४ ख ६२०१ नम्बरको कन्टेनरलाई जाँच गर्ने क्रममा कन्टेनरको चालक साईडको ढोकाभित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त सुन फेला पारी चालक किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।