पचगछियाको तस्करी कहिले रोकिने ?

9.1k Shares

कलैया । सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकिरहेको छैन । आर्थिक बर्ष सकिन दुई महिना बांकी रहंदा सरकारको राजश्व संकलनको स्थिति ऋणात्मक अवस्थामा रहेको छ । लक्ष्य अनुसारको राजश्व संकलन नहुनुको प्रमुख कारण सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी हो । चोरी तस्करी नियन्त्रण गर्नको लागि सरकारले बारम्बार समिति गठन पनि गर्छ , सुझाव पनि लिन्छ । तर कार्यान्वयन नहुदा उपलब्धि भने केही छैन । सीमावर्ती क्षेत्रबाट हुने संगठित चोरी तस्करी जबसम्म रोकिदैन तबसम्म लक्ष्य अनुसारको राजश्व संकलन हुदैन ।

अर्थमन्त्री देखि गृहमन्त्रीले बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई बारम्बार निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । त्यसो त नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरूले बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न भारतसंग सीमा जोडिएका जिल्लामा खटिएका आफ्न प्रहरी प्रमुखहरूलाई निर्देशन दिएपनि नियन्त्रण हुन सकेको छैन । जबसम्म सीमावर्ती जिल्लामा खटिने दुबै प्रहरीका जिल्ला देखि प्रदेश प्रमुख सोर्सफोर्सबाट र कतिपय अवस्थामा टेण्डर हालेर जाने अवस्था रहन्छ तबसम्म सीमाबाट हुने चोरी तस्करी नियन्त्रण हुने देखिदैन । 

यस्तै परिवेशमा बाराको पचगछिया नाकाबाट एक साता देखि व्यापक तस्करी चलिरहेको छ । नेपाल तर्फ पचगछिया र भारत तर्फ विरवास्नी नाम रहेको यो नाकाबाट व्यापक तस्करी भैरहेको छ । पचगछिया नाकाबाट तस्करी भएको सामान कबही , चरमोहना , तेलकुवा , बरियारपुर हुदै गन्तव्यमा लैजाने गरिन्छ । कबहीमा नेपाल प्रहरीको चौकी रहेको छ। उक्त चौकीको प्रमुखमा सई आभास महमद अन्सारी प्रमुखको रूपमा कार्यरत छन् । त्यसैगरी सशस्त्र प्रहरी बलको स्थानीय बिओपीको प्रमुखमा प्रहरी निरीक्षक श्यामबाबु यादव रहेका छन् । त्यसपछि पनि चरमोहना।, तेलकुवा र बरियारपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीय चौकी , बेश र बिओपी रहेका छन् । तर पचगछियाबाट तस्करी भएको सामान कसैले पक्राउ गर्दैनन् । खुलेयाम तस्करी भैरहेको देखेर पनि छाडिदिन्छन्। स्थानीय गगन यादव भन्छन् , यति ठूलो तस्करी दुबै प्रहरी नमिलिकन सम्भावना नै छैन । सबै प्रहरी थाना चौकीमा बेश र बिओपीमा मासिक रकम दिएर कारोबारीहरूले तस्करी चलाई रहेका छन् ।

यो नाकाबाट तस्करी गर्नको लागि लाइन पाएका कारोबारीहरूमा सुरेन्द्र यादव ,संजय , प्रेमशंकर , उमाशंकर , प्रभु , प्रमोद , इन्द्रकिशोर यादव , शम्भु यादव , राजकिशोर यादव , ओम प्रकाश यादव , राजमहमद अन्सारी , राकेश सिंह , मदन पण्डित लगायतका छन् । यी मध्ये धेरैले काजु , चिनी , तेल , लगायतका किरानाका सामानहरूको तस्करी गरिरहेका छन् भने राकेश सिंह , मदन पण्डित लगायतले गाईगोरूको तस्करी गर्दै आइरहेका छन् ।

राज्यले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बललाई प्रमुख जिम्मेवारी मात्रै दिएको छैन कि सीमावर्ती क्षेत्रमा प्रमुखताका साथ परिचालन गरेको छ । तरपनि सशस्त्रले पचगछियाबाट हुने तस्करी नियन्त्रण गर्न सकेको छैन । हाल सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डिआइजी कालिदास धौबजी मधेस प्रदेशको प्रमुख रहेको बेला अर्थात करिब दुई महिना अघि व्यापक मात्रामा तस्करी गराएको भनेर कबही स्थित बिओपीका प्रमुख निरीक्षक श्यामबाबु यादवलाई बाहिनीमा तानेर छानबिन समेत गरेका थिए । त्यसपछि फेरि सोर्सफोर्स लगाएर फर्केका उनले तस्करी नियन्त्रणमा चासो दिएका छैनन् कि उल्टो उनको कमान्ड क्षेत्रबाट व्यापक तस्करी भैरहेको छ

सम्बन्धित समाचार