मकवानपुरमा महिलाको शव फेला

18.2k Shares

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.८ मा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बागमती नदीको किनारमा अन्दाजी २५/३० वर्षीय महिलाको शव फेला परेको हो ।

नाम, थर, वतन नखुलेको ती महिलाको बागमती नदीको किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटना स्थलको मुचुल्का पश्चात शव हेटौंडा अस्पताल ल्याइएको छ भने शवको सनाखत तथा पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार