बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

7.7k Shares

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । कात्यायनी चोकमा बस्ने ३ वर्षीय शिवांश झाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । 

शुक्रवार कात्यायनीबाट भीमसेनगोला तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु गाडीले भारत भएर कात्यायनी बस्दै आएका झालाई ठक्कर दिएको थियो । 

उपचारको क्रममा उनको केएमसी अस्पतालमा मृत्यु भएको हो । जिप चालक काठमाडौँ–३१ घर भएका रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार