आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.9k Shares

काठमाडौं, ३१ वैशाख । कपिलवस्तु, शिवराज नगरपालिका-११ सडवा बस्ने शिव कोरी समेत १२ जनाको
घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तु नगरपालिका-४ लुप्सा बस्ने सिताराम यादवको गोठमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने विश्वनाथ यादवको गोठमा समेत आगलागी हुँदा दुबै जनाको गरी करिब ४ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, लेटाङ नगरपालिका-३ बिपि चोक बस्ने डिल्ली पोखरेलको घरमा संचालित ताज सिम्पल मार्केटमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा फ्रिज, खाद्यान्न सामाग्री, बेकरी सामाग्री र अन्य विभिन्न पेय पदार्थ लगायतका सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरी, मनराशिसवा नगरपालिका-९ बथनाहा बस्ने ७० वर्षीय छटु महतोको कच्ची घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब १ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित काभ्रे घर भएका युविक गिरी र प्रभास केसीले संचालन गरेको क्यूडेकर प्रालि काठ गोदाम तथा कारखानामा मंगलबार राति आगलागी भएको छ । आगलगीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार