भुक्ने कुकुरले टाेक्दैन ?

12.5k Shares

- डी.बी.नेपाली

जब समाज पुजीवादकाे जालाेबाट मुक्त थियाे समाजमा सुख शान्ति थियाे, कसैले अन्याय र अत्याचार गर्याे भने त्यसकाे बिरुद्ध एकभएर उभिदै नकारात्मक शक्ति र विचारलाई निमिट्यान्न पार्न कसिन्थ्याे । तर विस्तारै विस्तारै समाज अग्रगमन र बैज्ञानिक समाजकाे पथमा अग्रसर हुन थाल्याे उसले जमिन, मान्छे र उसकाे सीप,याेग्याता एवं पेशालाई एउटा निश्चित दायरामा हथकडी लगाएर बन्धक बनाएर राख्ने खेल शुरु गर्याे लाग्छ त्यसै दिन देखि मानवीयता, स्वतन्त्रता र सुख चैन हराउदै वर्तमान अवस्थासम्म आइ पुग्दा उसकाे आफ्नै पहिचान,उसकाे जातीय पहिचान, उसकाे, संस्कारकाे पहिचान, उसकाे याेग्यता र सीपकाे पहिचान, उसकाे नामकाे पहिचान, उसकाे कामकाे पहिचान यहाँसम्म कि उसले हिडडुल गर्न र पृथ्वीकाे एउटा भागबाट अर्काे ठाँउमा जान पनि सत्ता र संस्था नामकाे जंजिरबाट लिनु पर्ने पासाेमा दिन प्रतिदिन कसिदै गइरहेकाे कुरा छर्लङ्ग छ ।

मनुश्यसंग जतिसुकै राम्राे सीप र याेग्यता भए पनि उसलाई एउटा कागजकाे चाेक्टाेमा कुनैसंस्थाले प्रमाणित गरेकाे प्रमाणपत्र दिएन भने उसकाे याेग्यता र सीपकाे कुनै अर्थ र मुल्य रहन्न । उसकाे नाम थर र ठाँउकाे कुनै निकायले प्रमाणित गरेकाे कागजकाे चिर्काे दिएन भने उसलाई जन्म दिने उसकै आफ्नै आमा बाले मेराे छाेरा फलानाे भनेर जतिसुकै भने पनि उ बस्ने आफ्नै गाँउकाे या आफ्नै नातागाेता जाे त्याे गाँउकाे प्रशाशन चलाउन उसैले मत दिएर प्रथिनिधि चुनेकाेछ उसैले पनि चिन्दैन यसरी एकातिर मान्छेकाे पहिचान,मान्छेकाे सीप र याेग्यताकाे पहिचान एउटा कागजकाे चिर्काे बनाइएकाे छ अंझ जुन देशका जनताले स्वदेशमा राेजगारी पाउन्न,कृषि प्रधान देश भनेर चिनाउने तर अन्न, फलफुल, तरकारी, लुगाफाटाे सबै बाहिरबाट ल्याउनु पर्ने गरीबीकाे रेखाभित्र पर्ने देशका जनतासंग नागरिकता हुँदाहुँदै फेरि राष्ट्रीय परिचयपत्र अनिवार्य गर्न लगाउने सरकार जनता प्रति कति लिबरल छ, कति समावेशी र समानुपातिकछ भन्ने कुरा आश्चर्यजनक नै भन्न सकिन्छ । हिजाेकाे भन्दा आज फ्रि, आजभन्दा अंझ भाेली झनै फ्रि सभ्य र उन्नत भनेर बाेले लेखेका कुराहरु आफैमा कति सान्दर्भिक मान्न सकिन्छ ?

त्यसैले संसारका सम्पूर्ण प्राणीहरुमा आफैलाई सर्वश्रेष्ठ भन्न नथाक्ने प्राणी मनुश्यले एकपटक गहिरिएर वास्तवमा स्वतन्त्रता भनेकाे के हाे र कुन कुरालाई स्वतन्त्रता मान्ने ? एउटा ब्यक्तिले हजाराैंलाखाैं मनुश्यलाई आफ्नु विचारकाे दास, आफ्नु सम्पत्तिकाे दास, आफुलाई चाहिने कामकाे दास बनाएर मदारीले बाँदर नचाए जस्तै फन्फनी नाच्न लगाउने प्रवृतिलाई स्वतनत्रता मान्ने कि ? रामभक्त हनुमान जस्तै भ्रष्टाचार,तस्करी, दलाली र कमिशन लगागत अनेक काण्डमा चुर्लुम्म डुबेका वर्तमान राजनीतिक दलका नेताका झाेले, चम्चे र हनुमान बन्ने प्रवृतिलाई स्वतन्त्रता, समृद्धि र समउन्नत्ति मान्ने कि ?

आज संसार र याे पृथ्वीमा सर्वश्रेष्ठ कहलिने प्राणी मनुश्यले बिज्ञान,उन्नत्ती र पावर देखाउन गरिने बारुदी आतंक, मानवता र वातावरणकाे दुश्मन क्षेपास्त्रहरु पड्काउदै निर्दाेष आम नागरिकाे निर्मम् हत्या, शहरका शहर क्षणमै खण्डर बनाउने, वातावरण बिषाक्त बजाउने शक्तिकाे प्रदर्शनीलाई स्वतन्त्रता र उन्नत्ती मान्ने कि या संसारमा युद्धकाे ताण्डव मच्चाएर रमिता हेर्ने अमेरिकी सत्ताका नाइके, पुटीन र जेलेस्की, गाजामा युद्धकाे तान्डव मच्चाएर हजाराैं जनताकाे हत्या गर्ने इजरायल र हमासका हत्यारा शासकहरु हुन या श्रीलंका, बंगलादेश, पाकिस्तान, इन्डियामा आतंक मच्चाउने सर्वसाधारण जनताकाे विचल्ली हत्या र दमन गरेर बलात् शासन चलाउने शासक, अफगानिस्तानमा बन्दुककाे भरमा शासन गर्ने शासक हुन या वर्मामा जनताद्वारा चुनिएकाे सरकारलाई अपदस्त गरेर सैनिक शासन लाध्ने सेनाहरु सबैकाे विचार, शैली र काम गर्ने कुरामा के फरक छ र ?

सबैकाे एउटै उद्देश्य हाे जनतालाई गाेला बारुदकाे आतंककाे डरमा दास बनेर बाँच्न बाध्य पार्ने अनि त्यस प्रकारकाे व्यवस्थालाई नै स्वतन्त्र, प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्र र समाजवाद भनेर आफ्नै देशका जनता माथि अनेक प्रकारका कर, कानुन र समावेशी, समानुपातिक लाेकतान्त्रिक संघीय गणतन्त्रकाे जनताकाे हत्या र रगतले भिजेकाे बर्खाे ओढाएर सभ्य, बैज्ञानिक र आधुनिक उन्नत समाज र समृद्धि, सुशासनकाे नाैटंकी जनता द्वारा, जनताकाे लागि, जनताकाे शासन हाे भने याे भन्दा भद्दा र क्रुर शासन,जताततै युद्धले फैलाएकाे बारुदी धुँवा, आम नागरिककाे त कुरै नगरे हुन्छ सिङ्गाे सिङ्गाे राष्ट्रकै अस्तित्त्व मेटाउन विश्वलाई युद्धकाे मैदान बनाएर जनता मार्ने कार्यलाई उन्नति, समृद्धि, सुशासन र गणतन्त्र भन्न मिल्छ ? युद्धकाे डर, मारिने डर,अन्याय अथ्याचार सहेर बस्नु पर्ने कर, ट्याक्सकाे भारी मुनि दबेर बस्नु पर्ने, सत्ताकाे अपराधिक गतिविधि, भ्रष्टाचार र लुटबारे बाेल्न नपाउने कसैले बाेल्ने आँट गरे उसलाई अनेक जालझेल र षडखयन्त्र गरेर फसाउने अपमानित गर्ने तर सत्तामा सहभागी दलका नेता या कार्यक्रताले जति र जस्ताे सुकै अपराध गरेकाे भए पनि कानुनकाे दायरामा पटक्कै नल्याउने, जनदबाव र मिडियाकाे मुख छाेप्नकाे लागि बाइज्जत समाते पनि अदालतबाट क्लिन चिट दिलाएर जनताले खसालेकाे अमुल्य मतबाट चुनिएकाे, लाखाैं जनताले मन पराएकाे जनप्रतिनिधि हाे भन्नदै अपराधीहरु पाेष्ने र पाल्ने व्यवस्था नै स्वतन्त्र, समृद्धि, सम्उन्नत व्यवस्था हाे भनेर मान्ने भ्रममा बाच्नु पर्ने हाे भने आज संसारभरि फैलिदै गएकाे बारुदी आतंक, भ्रष्टाचार, तस्करी, लुट, झुटकाे व्यवशायले दिन प्रतिदिन तीब्रता लिदै जानेछ भन्ने कुरामा शंका गर्ने रत्ती भरपनि ठाँउ देखिदैन।

अब संसारका सम्पूर्ण आम नागरिकहरुलाई यस्तै स्वतन्त्रता, समृद्धि चाहिएकाे हाे भने भन्नु पर्ने केही पनि छैन । मान्छे मान्छेलाई धर्मकाे नाममा, जातकाे नाममा, सिमानाकाे नाममा, आफुलाई आणविक शक्तिकाे रुपमा, आफुलाई उन्नत, विकसित र उच्च शिक्षित सभ्य कहलिनकाे लागि जनताकाे हत्या गर्ने, सिमानाका पिलरहरु सार्ने, सकेसम्म देशै गाभ्ने, अरु देश टुक्राटुक्रा पारेर, त्यहाँका दलहरु टुक्राटुक्रा पारेर, त्यँहाकाे समाज टुक्राटुक्रा पारेर विस्तारवादी र साम्राज्यवादी सत्ता लाध्नु नै बैज्ञानिक, समाजवादी उन्नत र उत्कृष्ट व्यवस्था मान्ने हाे भने हिजाेकाे "जसकाे भैंसी उसैकाे लाठी" भनेर सत्ताे सरापेकाे व्यवस्था भन्दा के फरक छ त अहिलेकाे राजनीतिमा ? अबकाे मान्छे साँच्चै सभ्य,शिक्षित र आफैमा अरु प्राणी भन्दा श्रेष्ठ हाे भने "मराे या माराे, शासन कराे" भन्ने मानसिकताकाे दलदलबाट बाहिर निस्केर "जिओ ओैर जिने दाे "काे वातावरण सिर्जना गर्न सक्दैन भने, लाेकतन्त्र, गणतन्त्र या अन्य कुनै पनि शासनतन्त्र हात्तीकाे दाँत जस्तै साबित भैसकेकाे अवस्था आइसकेकाे छ ।

अहिले देश र समाज कसरी जाेगाउने भनेर लागि पर्नु पर्ने वेला जनताहरुलाई त्याे व्यवस्था ठिक थियाे या याे व्यवस्था ठिक छ भनेर आपसमा लडाउदै हिजाेकाे व्यवस्था हाेस या आजकाे दशकाैंसम्म देखेर, भाेगेर, थाकेर, ठगिएर, लुटिएर, अन्याए अत्याचारकाे निम पानी पिएर पनि अंझै "उल्टे बाँस बरेली" कै लागि आपसमा लुकाछिपी खेली रहने हाे र तिनकै दास बनेर पुच्छर हल्लाउने प्रवृतिलाई नै मलजल गरिरहने हाे भने रामायण कालमा राम र महाभारत कालमा राम र कृष्णले अवतार लिएर अन्याय अत्याचार र विकृति बाट जनतालाई मुक्त गरेकाे कथाकाे पात्र जस्तै अहिलेकाे युगमा कुनै राम कृष्णकाे अवतार हुनेवाला छैन । "संघे शक्ति, कलाै युगे" भनेकाे कुरा अहिले शतप्रतिशत सही साबित भएकाे देखिन्छ । अहिले पहिलेकाे जमाना जस्ताे कुनै एउटा व्यक्ति सबै मान्छेलाई संगठनकाे विना संगठित राख्न सक्दैन तर अहिले केही व्यक्ति संगठित समुह भए सुशासन दिनु पर्ने बाध्यता देखेर जनसमुहलाई टुक्राटुक्रा पारेर क्षणिक समयकाे लागि मात्रै भए पनि सत्तामा भागेदारी कसरी बनिरहन सकिन्छ भन्ने चलखेलमा लागिपरेकाे कारण षडयन्त्र, दलाली, कमिशन, तस्करीलाई अंगिकार गरेर जसरी पनि सत्तामा टिक्ने उपाएकाे मात्रै संरक्षण गरिरहेकाे र राष्ट्रलाई, समाजलाई टुक्राटुक्रा पारी मनपरि शासन चलाउन व्यस्त रहेकाे देखिन्छ। नारा जुलुश, हल्ला, बिराेध सबै सत्ताकाे चाेक्टाे खाने दाउ मात्रै हाे ।

सम्बन्धित समाचार