रबी, बालेन दुबैसँग अनुरोध

7.2k Shares

 बसन्त कुँवर
म स्वास्थ्य परीक्षणका सिलसिलामा भारतमा छु र यहाँ नेपालका हुनेवाला (भइसकेका) प्रधानमन्त्री बालेन शाहका सम्बन्धमा निकै चर्चा रहेछ। मैले भारतमा भेटेका सबैजसो मानिसहरूले बालेन शाहको समर्थन नै गरेको पाएँ। अधिकांशले “र्यापर” प्रधानमन्त्री हुनु भएको होइन र? भनी पनि सोधे! मैले भने, “उहाँ अब र्यापर होइन, नेपालमा असामान्य रूपमा झण्डै दुई तिहाइ जनताबाट भोट पाउन सफल, ज्यादै कम उमेरमै नेपालका प्रधानमन्त्री बन्नु भएका करिश्म्याटिक नेता हुनुहुन्छ, जसमा भगवानको विशेष आशीर्वाद देखिन्छ।”
बालेन शाहको राजनीतिक यात्रा छोटो छ, त्यसैले नेपाली सबैले उहाँलाई राम्ररी चिनेका छैनन्। म स्वयं काठमाडौंमा बस्छु र सामाजिक क्षेत्रमा काम गर्छु। मैले पनि उहाँलाई भेटेको, चिनेको छैन। तर नचिने पनि पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुला, बैतडी, अछामसम्मका जनताले पहिले मात्र होइन, उहिल्यैदेखि चिनेझैँ गरी आत्मीयता देखाउनु, व्यवहार गर्नु, उहाँका नाममा भोट हाल्नु, उहाँमाथि विश्वास गरी देश सुम्पनु र त्यो देश सुम्पेर “म र मेरा परिवारको जीवनस्तर उभो लाग्छ” भनी विश्वास गर्नु अलौकिक छ, जुन कुरा भगवानको आशीर्वाद बिना सम्भव पनि हुन सक्दैन।
रास्वपाका सभापति रबी लामिछानेमा पनि भगवानको आशीर्वाद छ। नत्र उहाँले पनि छोटो समयमा नेपालीहरूको यत्रो विश्वास जित्न, यसपूर्वका सरकार र सम्पूर्ण स्थापित मिडियाहरू विरोधमा भई बदनियतपूर्वक आधा दर्जन मुद्दा लगाई जेल हाल्दा पनि ती सरकारका मुखियाहरूलाई नै ढाली आफ्नै नेतृत्वमा दुई तिहाइको सरकार बनाउन सक्नु साधारण कुरा होइन। यो कसरी सम्भव हुन्थ्यो त? उहाँमा पनि असाधारण र अलौकिक शक्ति छ, जुन भगवानको कृपा बिना सम्भव छैन।यी दुई नेता अब पूर्व पत्रकार र र्यापर मात्र होइनन्, बरु नेपालको इतिहासका विशिष्ट नेता भइसकेका छन् र आशा गरौँ, उहाँहरू भविष्यमा सफल नेता पनि साबित हुनु हुनेछ।
उहाँहरू दुबैसँग मेरो यी दुई अपेक्षा छन्—म अहिले भारतबाटै यो लेख लेखिरहेको छु। म बसेको सहरमा ब्ष्च एबिशब भन्ने कम्पनीको भाटभटेनी जस्तो स्टोर (पसल, मल) रहेछ। उसको भारतभरि यस्ता स्टोर झण्डै ६ सय छन् रे। ती स्टोरहरूमा हरेक चीज सस्तो रहेछ र कतिपय कपडामा त एउटा किन्दा ३ वटा फ्री अफर पनि रहेछ! ५५० रुपैयाँको चिया किन्दा ८ किलो चिनी फ्री दिन्दो रहेछ, जबकि एक किलो चिनीको मूल्य नै ४० रुपैयाँभन्दा बढी रहेछ।जनताद्वारा विश्वास प्राप्त बालेन, रबी दुबै नेता ज्युहरूसँग मेरो अनुरोध यही छ कि “नेपालको सबैभन्दा ठूलो दुश्मन भनेकै गरिबी नै हो। अतः यस देशमा पनि प्रत्येक नेपाली धनी बनून्, र नेपालमा पनि भारतको एयर प्लाजा जस्तै पसलहरू होऊन्, जहाँ एक कपडा किन्दा ३ कपडा फ्री पाउने र पाँच सयको चिया किन्दा तीन सय बीस रुपैयाँको चिनी फ्री पाउने व्यवस्था होस्।”
हाम्रो नेपाल भन्ने देशमा अब कोही गरिब नहून्, गाउँका गरिब गाउँका धनी हुन्, गाउँका धनी सहरका धनी हुन्, सहरका धनी देशका धनी हुन् र देशका धनी अन्तर्राष्ट्रिय स्तरका धनी बनून्!जब सबै धनी हुन्छन्, तिनीहरूले चाहेको खान र चाहेझैँ उपचार गर्न मात्र होइन, आफ्ना छोराछोरीलाई पनि चाहेझैँ स्कुल–कलेजहरूमा पढाउन सक्ने छन्। यसका लागि आवश्यक देशको धनको भोल्युम बढाउनु हो, जुन नेपालमा छापेका पैसाबाट मात्र सम्भव छैन!यहाँहरूले बस् प्रत्येक नेपालीलाई धनी बनाइदिनुहोस्।

सम्बन्धित समाचार