सुनको मूल्य ३ हजार ७ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ?

7.6k Shares

काठमाडौँ – नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो । 

जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । यस अघि आईतबार सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । आईतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

सम्बन्धित समाचार