२५ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम प्रदान

6.3k Shares

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्रहरी कर्मचारीहरूलाई ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम दोस्रो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो। 

तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरीनायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।  

कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ११ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान ४ जना गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार