वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि अभिमुखीकरण

18.5k Shares

खोटाङ, ५ मंसिर । खोटाङको केपिलासगढी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनमा सघाउ पुर्‍याउने लक्ष्यका साथ रिटर्नीलाई सहभागी गराएर सुरक्षित आप्रवासनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

केपिलासगढी गाउँपालिकाको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाज नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले विदेशबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम गरेको हो ।

कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने/भइरहेका समस्या, ठगी, अवसर, स्वरोजगारका सम्भावनालगायतका वियायमा छलफल गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए । 

सम्बन्धित समाचार