काठमाडौं, २२ वैशाख । इलाम, सूर्योदय नगरपालिका-१४ चुम्बाङ बस्ने ४३ वर्षीय शान्तिराज अधिकारी सोही
नगरपालिका-१४ भुटेनीस्थित जिम्नी थुम्काको फेदी जंगलको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, पनौती नगरपालिका-९ सुनथान बस्ने ७५ वर्षीय पहले सैजु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, खैरहनी नगरपालिका-९ सिमलटाँडी चोक नजिकै रहेको कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका-८ स्थित पार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१२ स्थित जंगलको खोल्सामा गुर्भाकोट नगरपालिका-५ बस्ने २६ वर्षीया प्रेमा वली आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।