19.9k
Shares
काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
वैकल्पिक गेटसमेत बन्द गर्न खोजेपछि धर्ना दिने कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यता, राजीनामाको दबाब झेल्दै आएका जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक वोलाउने तयारी गरेका छन् ।
असन्तुष्ट न्यायाधीशहरूले जबराबाहेक नै फुलकोर्ट बस्ने तयारी थालेपछि उनले बैठक बोलाउने तयारी गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।