नेकपामा विवाद चर्कियो, ओली इतरको स्थायी समिति बैठक सम्पन्न

17.3k Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीले एकलौटीरुपमा विधि विपरीत मंगलबार बोलाइएको स्थायी कमिटीको बैठक स्थगित गरेको निष्कर्ष निकालेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थगित गरेका थिए ।
तर बहुमत सदस्य अर्थात् २९ जना स्थायी कमिटीका सदस्य बालुवाटारमा जम्मा भएर बैठक बसी छलफल गरेका थिए । त्यसलाई उनीहरुले स्थायी कमिटीको बैठक भनेका छन् भने ओली पक्षले गुटको भेला । बैठकले अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटीको बैठक स्थगित गरेको ठहर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्को बैठक अध्यक्षद्वय ओली र दाहालको छलफलले तय गर्नेछ ।
बैठक सुरुअघि अध्यक्ष ओलीलाई बोलाउन पुगेका दाहाल र वरिष्ठ नेता झलनाथ खनाललाई ओलीले आफूले बैठक स्थगित गरेकाले उपस्थित नहुने जवाफ दिएका थिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, “मैले बैठक स्थगित गरेँ,म आउँदिन भन्नुभएछ । उहाँले गर्नुहुन्छ गर्नुस् भनेर भन्नुभएको भए पनि अघिल्लो बैठकले नै आजको बैठकको मिति र स्थान तय गरेकाले हामीहरु बैठक बसेका हौँ ।”

सम्बन्धित समाचार