श्रीमान् जेलमा श्रीमती प्रहरी हिरासतमा

8.6k Shares

काठमाडौँ । अपराध गरेपछि उम्कन सकिदैन , कुनै न कुनै दिन पक्राउ परिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् एक दम्पती । अपराध गरेकै कारण यतिबेला श्रीमान् जेलमा बस्न बाध्य छन् भने श्रीमती प्रहरी हिरासतमा छिन् । कुरा हो राज बुढाथोकी भन्ने पेशल राज बुढाथोकी र उनकी श्रीमती सविता शाक्यको ।
 डिल्लीबजार कारागारबाट १४ वर्षअघि भागेका कैदी  बुढाथोकी परेका पक्राउ हुन् । ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानी घर भई हाल काठमाडौँको गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई गोंगबुबाट नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनी ०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट भागेका थिए। काठमाडौँ जिल्ला अदालतले २०६६ फागुन २५ गते वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर गरी ३ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना तोकेको थियो। त्यसै फैसलाअनुसार कारागार चलान भएका उनी त्यसको ५ महिनामै भागेका थिए। कारागारमा उनी नाइके थिए। प्रहरीका अनुसार, नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए।
बुढाथोकीकि श्रीमती सविता शाक्य बैंकिङ कसुर मुद्दामा प्रहरी हिरासतमा छिन् ।बैंकिङ कसुर मुद्दामा फरार शाक्यलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने गोरखा, गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविता शाक्य रहेकि छन् । जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सवितालाई काठमाडौँ महानगरपालिका–२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।  सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 
डिल्लीबजार कारागारबाट भागेका बुढाथोकीलाई काठमाडौमा नै लुकिछिपी बसेको थाहा पाएपछि काठमाडौ प्रहरी परिसरका सिभिलमा खटिएका केही प्रहरीलाई प्रयोग गरेर अब जेल बस्नुपर्दैन , हामी मिलाउंछौ भन्दै केही दलालहरूले तीन लाख सम्म रकम असुली गरेको कुरा पनि यसअघि सार्वजनिक भएको थियो । हाल प्रहरी हिरासतमा रहेकी सवितालाई केश मिलाउने भन्दै  दलालहरूले उक्त रकम लिएको खुलेको थियो । उक्त बिषयमा काठमाडौ प्रहरी परिसरले अनुसन्धान गर्न लागेकोमा दलाललाई रकम दिने सविताले सहयोग नगरेपछि अनुसन्धान नै रोकिएको थियो । अहिले उनै सविता प्रहरी हिरासतमा बस्न बाध्य छिन् 

सम्बन्धित समाचार