जुवाखालबाटै पैसा बेपत्ता

7.1k Shares

काठमाडौं । प्रहरीका आँखा जुवा खालमा पर्न थालेका छन् । जुवाडेहरुले आफ्नो पैसा दाबी गर्न नपाउने र बरामद गरेको पैसा सबै राजश्वमा जाने भएपछि त्यसमा त्यतिधेरै मतलब नराख्ने हुँदा प्रहरीको ध्यान जुवाडे पक्राउ गर्ने र छाड्नेमा रहेको छ । गत शनिवार काठमाडौंको बौद्धमा पक्राउ परेका जुवाडेबाट बरामद भएको १०औँ लाख पैसा मध्ये प्रहरीले तीन लाख मात्रै देखाएको बुझिएको छ ।काठमाडौंको दक्षिण ढोका, माकलबारीमा जुवा खेलिरहेका ११ जना पक्राउ पर्दा ५० लाखभन्दा बढी बरामद गरेको तर, तीन लाख मात्रै देखाएको स्रोतले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका (माकलबारी) बस्ने ३६ वर्षीय दिपक लामिछानेको घरबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २३ हजार रूपैयाँ, १६ वटा कौडा र ३ बुक ताससहित पक्राउ गरिएको भनिएको छ । पक्राउ परेकाहरूमा हेलम्बु गाउँ पालिकाका जनप्रतिनिधिसमेत रहेको थिए । दिपक लामिछाने, श्रीकाजी तामाङ, कुमार तामाङ, विसाल तामाङ, सोनाम लामा, अबिशेक शर्मा, राजु दोङ, सरोज थापा, सुदिप घोरासईनी, दिनेश लामिछाने, प्रेम लामा पक्राउ परेका थिए ।उनीहरुबाट बरामद भएको रकम ५० लाखभन्दा बढी भएपनि किन ३ लाख मात्रै देखाइएको भन्ने बारेमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको जनाएको छ 

सम्बन्धित समाचार