एआईजी ढकाललाई मानवश्रोत बिभाग

17.8k Shares

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भीम प्रसाद ढकाल मानवश्रोत बिकास बिभाग गएका छन् ।
एआईजी ढकालले गत बिहिवार सो बिभागमा पदस्थापन गरेका हुन् । ढकालको पदस्थापन हुनुअघि यो बिभागको जिम्मेवारीमा एआईजी टेकप्रसाद राई थिए । एआईजी राईलाई प्रशासन बिभागको जिम्मेवारी दिएपछि ढकाललाई मानवश्रोत विकास विभागमा पदस्थापन गरिएको हो । 
मानवश्रोत बिभागको जिम्मेवारी पाउनु अघि ढकाल नेपाल प्रहरीको प्रबक्ताका थिए । प्रहरी प्रबक्ताको जिम्मेवारीमै रहेकै बेला बैशाख ३ गते ढकालको डीआईजीबाट एआईजीमा बढुवा सिफारिस गरिएको थियो ।
एआईजी ढकाल नेपाल प्रहरीभित्र इमान्दार र निष्कलंकित प्रहरी अधिकृतका रुपमा परिचित छन् । एआईजी ढकाल आफुलाई दिएको जिम्मेवारी विवादरहित ढंगले निर्बाह गर्दै आइरहेका प्रहरी अधिकारीमो रुपमा परिचित छन् ।

सम्बन्धित समाचार