दुई समुदायबीचको विवाद साम्य, भयो सात बुँदे सहमति

18.6k Shares

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा हिन्दु र मुस्लिम समुदायबीचको विवाद साम्य भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा सोमबार दुवै पक्षबीच सात बुँदे सहमतिभएसँगै अवस्था साम्य भएको हो ।

छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबीच भएको विवादले उग्ररूप लिँदा पटकपटक झडप हुँदै आएको थियो । स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग लगातार छलफल गरेपछि सोमबार सात बुँदे सहमति भएको छ । 

तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण पालिकाले नै गर्ने, दुवै समुदायले एकअर्कालाई सम्मान गर्नेलगायतका विषयमा सहमति भएको छ ।

उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा चारजना हिन्दु प्रतिनिधि र चारजना मुस्लिम प्रतिनिधि रहने गरी सहमति कार्यान्वयनका लागि समितिसमेत गठन गरिएको छ ।

सहमतिभएसँगै निषेधाज्ञा हटाइने तयारी भएको छ । रूपैठामा भएको झडपमा परी दुई प्रहरीसहित ६ जना घाइते भएका थिए । 

सम्बन्धित समाचार