पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवा इन्चार्ज इनेस्पेक्टर रबीभुषण यादवलाई यतिखेरको लकडाउनको बेला पनि चाँदी कटाई भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गंगा पन्तले थाहा पाएर पनि यादवलाई निरन्तरता दिएकी छन् कि थाहा पाएकी छैनन् त्यो बुझ्न सकिएको छैन ।
इनेस्पेक्टर यादवले जिल्लामा कार्यरत दुई जना डिएसपीलाई समेत मात गर्दै विभिन्न युनिटबाट पैसा उठाइ रहेको बुझिएको छ ।
प्रदेशका डिआइजीको निर्देशनमा इनरुवाबाट तानिएका सई बैधनाथ दासलाई इनेस्पेक्टर यादवले सादा पोशाकमा खटाएर व्यापारीबाट पैसा उठाउँदै आएका छन् ।
प्रहरी चौकी इनरुवा, भिसुवा, प्रवानीपुर, छपकैया, बसपार्क, नगवा, ड्राइपोट, घण्टाघर, असनघाट, भकुवा र रानीघाट लगायतका सई र असई इन्चार्ज हुने ६५ वटा प्रहरी चौकीबाट समेत यादवले ५ देखि १५ हजारसम्म उठाउने गरेको प्रहरीले नै बताउने गरेका छन् ।
पैसा उठाउनका लागि आफ्नै भतिजो हवल्दार खुसीलाल यादव, उनकै गाउँका हवल्दार दयानन्द कुशहवा, जवान पथम्बर अन्सारीलाई युनिट युनिटमा खटाउने गरेका छन् ।
हरेक दिन पालो गरेर इनेस्पेक्टर यादवको घरमा माछा, मासु, रक्सी फलफूल नपु¥याउने इन्चार्जलाई फोनबाट झपार्ने गरेको समेत समाचार स्रोत बताउँछ ।
यादवको एकछत्र आतंकलाई मौन बसेर हेरिरहने एसपी गंगा पन्तको ध्यान जान नसकेको त्यही कार्यरत प्रहरी बताउँछन् ।
विभिन्न ठाउँबाट हटाइएका सईलाई इनेस्पेकटर इन्चार्ज भएको ठाउँमा पठाउने गरेको छ । तर डिआइजी धिरजप्रताप सिंहले हटाइएका सई बैधनाथ दास आफू (सिंघम) भन्नेलाई जिल्ला ल्याएर घुमुवा बनाउनुको रहस्य भने थाहा पाउन सकिएको छैन ।