माओवादीले बोलायो संसदीय दलको बैठक

7.7k Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । 

बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलनको क्रममा प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।

बर्खे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा दलको बैठक बोलाएको सापकोटाले बताए । 

‘शिक्षकहरू दुई हप्तादेखि आन्दोलनमा छन् । बर्खे अधिवेशनमा विपक्षीको तर्फबाट प्रभावकारी ढंगले प्रस्तुत हुनेगरी संसदीय दलको बैठक भोलि बोलाइएको छ । सोही बैठकले पार्टीले स्पष्ट योजना तय गर्नेछ’, उनले भने ।

सम्बन्धित समाचार