नेपाल आइपुगे ब्राजिलियन चर्चित फुटबलर रोबर्टो कार्लोस

8.1k Shares

काठमाण्डौ – ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आइपुगेका छन् । कार्लोसलाई आज आयोजक एनएसएलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका थिए । उनले भाेलि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ । रोबर्टाे कार्लाेसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७ सय ५६ खेलमा ९७ गोल गरेका छन् ।

सम्बन्धित समाचार