दोस्रो गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई

25.8k Shares

ललितपुर । गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ । शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी-३ क लाई हराउँदै गोदावरी-५ क लेलेले उपाधिमाथि कब्जा जमाएको हो । गोदावरी-५ क लेलेले एक गोल विरुद्ध तीन गोल गर्दै उपाधि जितेको हो । 

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा गोदावरी- ३ कले गोदावरी-३ खलाई एक गोल विरुद्ध चार गोल गर्दै फाइनल यात्रा तय गरेको थियो । सेफिफाइनलको दोस्राे खेलमा गोदावरी १४ ठैबलाई एक गोल विरुद्ध चार गोलको मद्दतले गोदावरी-५ क लेलेले गोदावरी-३ क सँग फाइनल खेल पक्का गरेको थियो । 

१४ वटा वडाबाट २ वटा टिम भाग लिने सकिने अवस्थामा गतकात्तिक १५ गतेबाट सुरु यस प्रतियोगितामा २० वटा टिमहरु सहभागी छन् ।

मेयर कपको विजयी टिम लेलेलाई एक लाख रुपैयाँसँगै ट्रफी पाएकाे छ । उपविजेता गोदावरीले ५० हजारसँगै ट्रफीमा पाएको थियो  ।

सम्बन्धित समाचार