विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

9.2k Shares

काठमाडौं–  विन नेपाल लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणको लागि जारी गरेको थप साधारण शेयर (एफपीओ) बाँडफाँड भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १९ लाख २० हजार ९३९ जनाको एफपीओमा आवेदन दिएकोमा ५ हजार १२९ जनाले पाएका छन् भने १९ लाख १५ हजार ८१० जनाको हात खाली भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ । कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत पुर्‍याउन एफपीओ  बिक्री गरेको थियो ।

सम्बन्धित समाचार