मोरङमा टिपर र ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

10.3k Shares

मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। 

आइतबार राति ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुरमा ना. ७ ख ३२२३ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको प्र १-०२-०५४ प ३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक मोरङकै पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ वर्षीय यमबहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो। 

यसैगरी विराटनगर महानगरपालिका-७ हाटखोलामा को. १ ख ३४८० नम्बरको ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

ट्रकले ठक्कर दिँदा सडकमा पैदल हिँडिरहेका मोरङको कानेपोखरी गाउँपालिका-२ का २६ वर्षीय मानबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको हो। घटना सम्बन्धमा आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार