गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप

6.6k Shares

पोखरा । गण्डकी प्रदेशले कर्मचारी सरुवा गर्दा पारदर्शीता नअपनाएको भन्दै एमाले निकट कर्मचारी संगठनले असन्तुष्टि जनाएको छ । कर्मचारी प्रशासनबाट ऐन विपरित कार्यशैली देखाइएको, अनियमित सरुवा गरेको र सरुवा प्रक्रिया पारदर्शी नभएको उनीहरुको आरोप छ । 

कर्मचारी संगठनका प्रदेश इन्चार्ज भरत भुसाल र प्रदेश अध्यक्ष डोलराज पराजुलीको नेतृत्वमा गएको टोलीले प्रमुख सचिव रघुराम विष्टलाई १९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । पटक पटक सुझाव दिँदा समेत कार्यान्वयन नगरिएको उनीहरुको गुनासो छ । 

कर्मचारी प्रशासन प्रदेश निजामती सेवा ऐन र नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली विपरित चलिरहेको आरोप कर्मचारी संगठनले लगाएको छ । ‘ऐन विपरित दिनहुँजसो कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने काम भैरहेको छ,’ पराजुलीले भने, ‘यस्तो काम तत्काल बदर गरियोस् । यमसम्मत सरुवा कार्यान्वयन गरियोस् ।’ यस्तै, स्थानीय तहमा सरुवा गर्दा दोहोरो सहमतिका आधारमा मात्रै गर्नुपर्ने उनीहरुको माग छ । 

सम्बन्धित समाचार