बालुवाटारमा साइकलमा सवारलाई लछारपछार गर्ने नगरप्रहरी बर्खास्त

6.3k Shares

काठमाडौं- बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोबारे काठमाडौं महानगरपालिकाले कारबाही अघि बढाएको छ।

बुधबार बिहान ८ बजेको समयमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा काठमाडौं महानगरपालिकाले कारबाही थालेको हो ।

महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ । काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो ।

महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बुधबार एक वक्तव्य जारी गर्दै उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको जानकारी दिएका छन् । पाण्डेले पदमु्क्त गरिएका प्रहरीको नाम खुलाइएको छैन । उनले वक्तव्यमा कतिजनालाई पदमुक्त गरिएको हो भन्ने कुरा पनि खुलाएका छैनन् ।kathmandu-metro-police-2-1106x1536.jpg

सम्बन्धित समाचार