डी. बी. शाही (उर्जा थेरेपिस्ट)
उर्जा थेरेपी द्वारा गरिने उपचार विधिलाई उर्जा शक्तिकाे उपचार (Energy Treatment) भनिन्छ । सबै भन्दा पुरानाे र धेरै हदसम्म सस्ताे तथा कम साइड इफेक्ट गर्ने विधि हाे आयुर्वेद अनि त्यसकाे साथसाथै हजाराैं बर्षाैंदेखि गरिदै आएका अन्य विधिहरुमा ज्याेतिष,तन्त्र मन्त्र र धामी झाँक्री पनि हुन र मनुष्य जतिसुकै बैज्ञानिक र आधुनिक भएकाे घमण्ड गरे पनि पाैराणिक काल देखि अपनाउदै, प्रयाेग गर्दै आएका विधिहरुलाई आधुनिक विज्ञानले जतिसुकै अस्वीकार र अबैज्ञानिक भने पनि संसार भरिकाे मानव समाजले ती विधिहरु अस्वीकार गर्न सकेकाे कतै देखिन्न् । ज्याेतिष, धामी झाँक्री र तन्त्रमन्त्रकाे तथा आयुर्वेदकाे खेदाे खन्ने डाक्टर, बैज्ञानिक, लेखक, पत्रकार, अभियन्ताहरु स्वयं ज्याेतिष, धामीझाँक्री तथा तन्त्रमन्त्र गर्न लुकिछिपी पुगेकाे देखिन्छ । मनुष्यद्वारा गरिने उपाय शाेध खाेज र त्यसकाे मुल आधार हाे अनुमान । त्यसैले अनुमानद्वारा गरिने बिश्लेषण सही हुन सक्ने जति सम्भावना छ त्यति नै गलत पनि हुन सक्छ । त्यसैले आधुनिक चिकित्सा पद्धति हाेस या आयुर्वेद,तन्त्रमन्त्र धामीझाँक्री ज्याेतिषी सबैले गर्ने उपचार विधि सबैमा समान रुपमा लागु भएकाे देखिन्न् । यसकाे मतलव यसले काम गर्दैन याे ठिक छैन भन्ने हाेइन ।
अहिलेसम्म गरिदै आएका उपचारका विधिहरु हुन वा अपनाउदै आएका विचार हुन् ती संसारभरिका सम्पुर्ण मनुष्य माथि समान रुपमा काम गर्छन भन्ने प्रमाण कसैले दिन सक्दैन् तर जुन व्यक्तिकाे शरिरकाे प्रणाली (System) ले उपराेक्त विधि स्वीकार गर्न सक्याे त्यसलाई सतप्रतिशत फाइदा ग्यारेन्टिड हुन्छ हुन्छ तर जसकाे शरिरले ती विधिहरु स्वीकार (Adopt) गर्न सक्दैन त्यस्ता व्यक्तिकाे उपचार गर्न सक्ने क्षमता र अधपकार संसारमा कसैसंग पनि छैन । आज सबैभन्दा बढी मनुष्यले विश्वास गर्ने र भरपर्ने उपाएकाे रुपमा विज्ञापन र प्रचार गरिने विधि आधुनिक चिकित्सा हाे तर त्याे प्रचार प्रसार गरे अनुसार कति सफल छ त ? आधुनिक चिकित्सा पद्धति प्रयाेय गर्नेहरु सबैलाई के त्याे विधि बचाउन सफल भएकाे छ त ? आधुनिक चिकित्सा विधिकै भनाइमा याे विधिमा प्रयाेग गरिने ओैषधी र मशिनहरुकाे साइड इफेक्टहरु अन्य विधिहरुकाे तुलनामा धेरै छन अरे । आज आधुनिक चिकित्सा विधिमा मनुष्यकाे स्वास्थ्य चेकजाँच गर्ने उपकरणहरुकाे रिजल्ट शतप्रतिसत विश्वसनीय छ त ? के अस्वस्थ मान्छेकाे गरिने डायग्नाेसिसकाे रिजल्ट शतप्प्रतिसत सही भन्न सक्ने आधारहरु केही छन् र ? केही पहिले पत्रपत्रिकामा प्रकाशित संसारकै सबैभन्दा बढी विश्वास गर्न सकिने र भरपर्दाे स्वास्थ्य सेवा दिने र स्वास्थ्य सम्बन्धी शाेज खाेज र अनुसंधानमा अब्बल मानिने संयुक्त राज्य अमेरिकामा प्रत्येक बर्ष गलत डायग्नाेसिसका कारण लगभग चार लाख अमेरिकी नागरिककाे अकालै मृत्यु हुने गरेकाे समाचारहरु प्रकाशित भएका थिए ।
वास्तवमा शतप्रतिसत सही रिजल्ट दिने र शतप्रतिसत सन्चाे पार्न सक्ने हालसम्म मनुष्यसंग कुनै पनि त्यस्ताे चमत्कारिक विधी छैन । प्रकृतिले भन्छ प्रकृतिले बनाएकाे कुनै पनि साधन या वस्तुमा आइपर्ने समस्या या गडबढी केवल प्रकृतिले मात्रै ठिक पार्न सक्छ भने मनुष्यले केवल मनुष्यले बनाएका या निर्माण गरेका साधन या वस्तुमा देखिने समस्या मात्रै समाधान गर्न सक्छ ? याे ब्रह्माण्ड या याे ब्रह्माण्डमा उपस्थिति जनाउने साधन स्राेत या प्राणीहरु जसलाई प्रकृतिले बनाएकाे या निर्माण भनाैं वा सिर्जना गरेकाे सबै प्राकृतिक साधन स्राेत र प्राणीहरुमा देखिने वा आइपर्ने समस्या प्रकृति वाहेक अरु कसैले समाधान गर्न सक्दैन । त्यसैले प्रकृतिमा आइपर्ने समस्या या गडबडी जस्तै बाढी पहिराे, भुइचालाे, आँधीवेरी, सुनामी, ज्वालामुखी जस्ता दैवीप्रकाेप भनेर मनुष्य द्वारा नामा करण गरिएका समस्याहरबाट बच्नकाे लागि सुरक्षित रहनकाे लागि आह्वान, सुझाव सल्लाह दिन सक्छ मनुष्य तर त्यसबाट बचाउन सक्ने अहिलेसम्म कुनै भरपर्दाे र गतिलाे उपाए आविष्कार गर्न सकेकाे छैन । चरा जस्तै आकाशमा उड्न सक्ने, चन्द्मामा, मंगलग्रहमा पुग्न सक्ने मनुष्य मनुष्यकाे अंग ड्यामेज भए प्रत्याराेपन गर्न सक्छ मनुष्य तर प्रत्याराेपन गर्ने अंग बनाउन अहिलेसम्म सकेकाे छैन विवेकशील, बुद्धिमान मनुष्य ।
मनुष्यकाे आयु स्थिर राख्न र मनुष्यले चाहेसम्म जीवित राख्ने उपाएकाे अ पनि पत्ता लगाउन सकेकाे छैन मनुष्य बरु पाैराणिक अबैज्ञानिक कथाहरुमा मनुष्य प्रकृतिमा विलिन भएर तपस्या गरि इच्छा मृत्युकाे वरदान पाएकाे कुराहरु सुनिन्छन् र केही तपस्वी सन्तहरु सयाैं बर्ष बाँचेका कुराहरु पनि कहिले कहीं चर्चामा आउने गरेका पनि छन् भने अन्नबाली र फलफुलकाे उत्पादन त चाहे जस्तै बढाउन सक्षम छ मनुष्य तर अनाज पानी र फलफुल नखाएर बाँच्न सक्ने उपाए अहिलेसम्म खाेज्न सकेकाे देखिन्न । प्रकृतिसंग छेडखानी र प्राकृतिक नियमकाे उलङ्घन कै कारण आजकाे मनुष्यले एकातिर उपचारका उपाए या विधीहरु त लाखाैंलाख आविष्कार गरेकाे छ भने अर्काेतिर प्राणीहरकाे आयु घटाउने देखि उनिहरुकाे संहार गर्ने बिषाधी (Chemical), हातहथियार उत्पादन गरेर मनुष्यले मनुष्यलाई निर्मम् तरिकाले हत्या गर्न संसारलाई युद्धकाे मैदान पनि बनाउदै तेत्रा द्वापर युगदेखिकै इतिहास साक्षी छ। मानव समाजकाे विकासकाे अग्रगमणकाे इतिहास केलाउदै गर्ने हाे भने उसले प्राणी जगतकाे रक्षा र सुरक्षा भन्दा पनि हत्या हिंसामा नै बढी जाेर दिएकाे देखिन्छ ।
आजसम्मकाे मनुष्यकाे स्वास्थ्य सम्बन्धी गरिने उपाएहरुकाे बारेमा वास्तवमा सही तरिकाले मुल्याङ्कन गर्ने हाे भने राेगहरु सञ्चाे र निर्मुल पार्नुकाे साटाे नयाँ नयाँराेगहरु थप्दै जाने र नयाँ नयाँ बिषाधी उपचारकाे नाउमा सेवन गर्न लगाउने गरेकाे देखिन्छ। अंझ अहिलेकाे आधुनिक र बैज्ञानिक शिक्षित युगमा त खासै चिकित्सक र अस्पताल पनि चाँहिन्छन् जस्ताे लाग्दैन, कुनै युट्युबे गल्लीमा डन्डा र सिट्टी बजाउने गरिन्छ त्यसरी नै मनुष्यकाे शरिरलाई पनि सन्तुलित राख्न गुरुत्वआकर्षण अत्यनत जरुरी छ। अहिलेकाे आधुनिक युग र बिज्ञानले धेरै कुरा जानी बुझी सकेकाे अवस्थामा राेगहरु त प्राय निर्मुल हुनु पर्ने हाे तर पुराना राेगहरु निर्मुल पार्न सक्या छैन् झन्झन् नयाँनयाँ राेगहरु बढ्दै गएकाे कुरा कसैबाट लुकेकाे छैन । यसकाे केवल एउटै कारण हाे गतिकाे नियम संगै प्रकृतिकाे नियम (Law of Nature) लाई पनि नमान्नु । दैनिक कम से कम आधा घण्टा नाङ्गै खुट्टा जमिनलाई छुने, भाेक लागे मात्रै खाना खाने,प्यास लागे मात्रै पानी पिउने, सबेरै उठ्नेवेलुकी छिटै सुत्ने, बिहानकाे खाना सुर्य उदाउदा खाइ सक्ने र वेलुकीकाे खाना पनि सुर्य नअस्ताउदै खाइ सक्ने । जे जति वेला आफुसंग जे जस्ताे साधन स्राेत र खाने पिउने कुरा लगायत लगाउने कुरा र बास बस्ने ठाँउ उपलब्ध छ त्यसैमा सन्तुष्ट हुन सक्ने हाे भने त्यस्ता मनुष्यलाई कुनै पनि राेग या भाइरसले छुनै सक्दैन। यति कुराहरु जन्म देखि नै अपनाउदै आउने हाे भने त्यस्ताे मान्छेलाई कुनै प्रकारका मनुष्यद्वारा गरिने दवा, ओैषधी सेवन, लागुभागु, भाग्य हेराउने केही पनि गर्नै पर्दैन । बास्तबमा इनर्जी ट्रिटमेन्ट भनेकै यही हाे ।
इनर्जी ट्रिटमेन्टकाे आविष्कार तथा अभ्यास आफ्नु उपचार आफै गर्ने या बाँचुन्जेल स्वस्थ कसरी रहन सकिन्छ भनेर सकेसम्म सिकाउने, सम्झाउने, बुझाउने, सल्लाह दिने हाे। तर अहिलेकाे अत्यन्त व्यस्त जीवन शैली, खान पान, रहनसहनकाे कारण अहिलेकाे मनुष्यलाई आफ्नु स्वास्थ्य भन्दा पनि अरु भन्दा राम्राे लुगा, अरुकाे भन्दा राम्राे घर, अरुकाे भन्दा राम्राे लुगा, अरुकाे भन्दा राम्राे खाना, अरुकाे भन्दा बैंक ब्यालेन्स बढी देखाउन सम्पत्ती कमाउने लिगल या इलिगल तरिकाले गर्दा अस्वस्थ हुने ५०% कारण उसले आफै सिर्जना गरेकाे टेन्सन हाे। आज उ आफु असफल हुनुकाे कारण, अस्वस्थ हुनुकाे कारण आफ्नु भाग्य र कर्मलाई दाेष दिएर, अरु मान्छेलाई दाेष दिएर, यहाँसम्म कि भगवान, देवीदेवता र भुतप्रेत मशान, पितृ आदिलाई दाेष दिएर चिन्ताकाे र स्वस्थ रहन अनेक ओैषधीकाे भारी बाेकेर हिड्ने कारणले नै मनुष्यलाई अस्वस्थ बनाउने कारणहरुले मज्जाले खेल्ने ठाँउ पाउछन् । यदि संसारभरिका सबै मान्छेले उर्जाकाे नियम मान्ने हाे, गर्ने हाे भने उर्जा थेरेपिस्टकाे पनि आवश्यकता पर्दैन । तर आजकाे व्यस्त जीवनशैलीकाे कारण उर्जाकाे नियम अपनाउन नसक्नेहरुका लागी उर्जा थेरेपी र थेरेपिस्ट आवश्यक छ । उर्जा थेरेपी, थेरेपिस्टकाे सल्लाह अनुसार गर्ने हाे भने यसमा जस्ताे सुकै र जुन स्जेजमा पुगेकाे जस्ताे सुकै राेग बढीभन्दा बढी तीन महिनामा निर्मुल नै पार्न सकिन्छ । अर्काे यसकाे खासियत के छ भने यसकाे कुनै प्रकारकाे साइड इफेक्ट बिल्कुल पनि छैन ।