हुम्लामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

6.6k Shares

हुम्ला – हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा चङ्खेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक त्यही वडाका ३१ वर्षीय अर्जुन कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । बिग्रेको स्काभेटर चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार