7.6k
Shares
काठमाडौं - नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानासहित नेपाल पुलिस क्लबका ३ खेलाडी भुटानको महिला राष्ट्रिय लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
पूजासहित सम्झना लावती, नेपाली यु १९ की बिर्सना चौधरी आइतवार भुटान गएका हुन्।
पुलिसका प्रशिक्षक भोला सिलवालले तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट उमन्स लिग खेल्ने जानकारी दिए ।
पुलिसले उनीहरु विनानै नेपालगञ्जमा यसै साता सुरु हुने लुम्बिनी कपमा भाग लिनेछ । पूजा राष्ट्रिय टोलीकी नियमित सदस्य हुन्। सम्झना र बिर्सना राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका थिए।
झन्डै ६ महिला चल्ने लिगमा १० टोलीको सहभागिता रहनेछ। ट्रान्सफर युनाइटेडले वैशाख ६ गते सुरु हुने लिगको पहिलो खेलमा साम्त्सेको सामना गर्नेछ।