‘कर्मा’लाई कस्तो छ दर्शकको प्रतिक्रिया ?

9.9k Shares

काठमाडाैँ । एक्सन जनराको फिल्म ‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा उनकै लेखन छ । देशभरका करिब डेढ सय शोजहरुमा प्रदर्शन भइरहेको यो फिल्मलाई दर्शकहरुले सुखद प्रतिक्रिया दिएका छन् ।

फिल्मका कलाकारहरू आज बिहानैबाट विभिन्न हलमा पुगिरहेका छन् । फिल्मले एक्सन, ड्रामा र सस्पेन्सका साथ मनोरञ्जन दिएको भन्दै दर्शकहरुले तारिफ गरेका छन् । 

फिल्मको बूकिङ ठीकठाक भएपनि बिहानैबाट हलमा दर्शकको चाप राम्रो छ । फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल वुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ । फिल्ममा भास्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, निमेष श्रेष्ठको सम्पादन छ ।

यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने देखिन्छ । शनिबार र नयाँ वर्षको दिनमा फिल्मको व्यापार अझै आक्रामक हुने प्रक्षेपण गरिएको छ । 

सम्बन्धित समाचार