सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?

7.3k Shares

काठमाडौँ । साताको अन्तिम कारोबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ । बिहिबार उक्त अंकले घट्दा नेप्से २६७०.७० विन्दूमा झरेको छ । 

बुधबार सेयरबजार परिसूचक (नेप्से) १३.९० अंकले बढेको थियो । उक्त अंकले वुद्धि हुँदा नेप्से २६८०.५२ विन्दूमा पुगेको थियो । 

साथै आज परिसूचक घटे पनि कारोबार भने बढेको छ । हिँजो परिसूचक बढे पनि कारोबारभने घटेको थियो । आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयरकारोबार भएको छ । हिँजो  ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ । एउटा कम्पनीको स्थीर रहेको छ । 

आज विकास बैंक,हाइड्रोपावर,लघुवित्त र म्युचुअल फण्डको सेयर बढेको छ भने वाणिज्य बैंक सहकारी होटल व्यवसाय लगायत क्षेत्रको सेयर घटेको छ ।

सम्बन्धित समाचार