डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु, सात घाइते

8.3k Shares

डोटी– डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् ।

हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गएराति सायल गाउँपालिका– ६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमतीको मृत्यु भएको हो । घटनामा उनका १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् ।

यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएको प्रहरी उपरीक्षक शर्माले बताए ।

सम्बन्धित समाचार