बारको अध्यक्षमा मिश्र विजयी हुने निश्चित

9.7k Shares

काठमाण्डौ – नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा.विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ ।

निर्वाचन समितिका अनुसार नौ हजार चार सय ३७ मत गणना गर्दा अध्यक्षको उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा.मिश्रले चार हजार आठ सय ९२ मत र उहाँका निकटतम् प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार दुई सय २९ मत प्राप्त गर्नुभएको छ । अब ५६० मत मात्रै गणना गर्न बाँकी छ ।

महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार सात सय चार र महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार २९ मत प्राप्त गर्नुभएको छ ।

बारको नयाँ कार्यसमितिका लागि शनिवार मतदान भएको थियो । बारको नयाँ कार्य समिति चयन गर्न नौ हजार नौ सय ९७ मतदाता रहेकामा सात हजार नौ सय मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । 

सम्बन्धित समाचार